चैत ८,
ग्लोबल आवाज
बुटवल । प्रधानमन्त्री के.पी.वलीले हिंसा र अशान्तिको युुग सकिएको बताउँदै सुशासन र समृद्धिको युग सुरु भएको बताएका छन् । उनले विखण्डनकारी सिके राउत सैवैधानिक ढङ्गबाट शान्तिपूर्ण राजनीतिमा आएको र विद्रोही विप्लव समूहलाई प्रतिवन्ध लगाएको बताउँदै अब हिंसा र अशान्तिको युग सकिएको बताए । उनले नेपालमा समृद्धिको लागि सडक सञ्जाल महत्वपूर्ण रहेको बताउँदै अबको ५ वर्ष (२०७५–८०) सम्मको समय सडक युग हुने पनि बताए । पूर्व–पश्चिम नारायणगढ–बुटवल सडकखण्डको चारलेनमा विस्तार तथा स्त्तरोन्ती कार्यको शिलान्यास समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्।
आज शुक्रबार बुटवलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ५ वर्षभित्र देशका सबै स्थानलाई गुणस्तरीय सडक सञ्जालले जोड्ने गरी काम अघि बढाएको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठप्रति इंगित गर्दै उनले भने‘उहाँ सडक विस्तारमा निकै तिव्र रुपमा अघि बढ्नु भएको छ । उहाँकै काम नै त्यही हो । सडकको निरिक्षण गरेर पूरै जानकार हुनुहुन्छ । ‘त्यसैगरी उनले पूर्वपश्चिम राजमार्ग मात्र नभई उत्तर–दक्षिणका राजमार्गपनि निर्माण र विस्तार हुनुुपर्ने बताउँदै अबदेखि सिद्धबाबा सडकको विषयमा चिन्ता लिन नपर्ने बताए । मञ्चबाटै यातायात मन्त्री,मनत्रालयका सचिवलाई निर्देशन दिँदै लुम्बिनी –तिलौराकोट सडकलाई पनि संशोधन गरी चार लेनको बनाउनुपर्ने बताए । त्यतीमात्र नभई तिलौराकोदेखि महेन्द्र राजमार्गसम्म पनि सडक विस्तार गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जुनसुकै हालतमा पनि ४२ महिना भित्र निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए ।
उनले भने‘रुपन्देहीका जनताले ढिलासुस्ती रुचाउँदैनन् । यहाँका बासिन्दा विकासप्रेमी छन् । यहाँको जनताले पूरै सहयोग गर्नेछन् । योजना समयमै निर्माण सम्पन्न मात्र नभई गुणस्तरीय पनि हुन पर्दछ ।’ सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकार समृद्धिको यात्रामा अघि बढेको बताउँदै आगामी वर्षमा दुई अंकको दरले विकास हुने बताए । उनले बर्दघाटदेखि बर्दियासम्मका जनताले अनुभूति गर्न सक्नेगरी प्रदेश ५ मा योजना कार्यानवयन गुर्नपर्ने बताए । शिलान्यास भएको योजना अन्तर्गत बुटवलदेखि नारायणगढसम्म ११३ कि.मि. सडक ४ लेनदेखि ८ लेनसम्म बन्ने छ। बाक्लो बस्ती र जनसंख्या रहेको स्थानमा ८ लेन हुनेछ भने अन्य स्थानमा औषत ४ लेन बन्नेछ ।
प्रतिक्रिया