काठमाडौँ । भारतमा आइतबार थप ५२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ५२ हजार ७ सय ८३ जनामा कोरोना संक्रमण देखिँदा ७ सय ५८ जनाको ज्यान गएको छ ।
भारत कोरोनाबाट विश्वमै तेस्रो धेरै प्रभावित देश हो । भारतमा कोरोनाबाट हालसम्म १८ लाख ४ हजार बढी संक्रमित भएका छन् भने ३८ हजार १ सय ६१ जनाको मृत्यु भैसकेको छ । ११ लाख ८७ हजार उपचारपछि निको भएका छन् । ५ लाख ७९ हजार एक्टिभ केस छ ।
प्रतिक्रिया