बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न व्यापार व्यवसायलाई तत्कालका लागि सञ्चालन नगर्न सूचित गरेको छ । उपमहानगरले आइतबार एक सूचना जारी गर्दै हाटबजार, सैलुन ,ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो । कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानिका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ । होटल तथा रेष्टूरेण्टहरुलाई विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।
उपमहानगरका निमिक्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गर्दै व्यवसायिक प्रतिष्ठाणहरुमा विदेशी, नगर क्षेत्र बाहिरका स्वदेशी कामदार र कालिगढको रुपमा आउने व्यक्तिहरुको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै वडा कार्यालयबाट प्राप्त अस्थायी परिचय पत्रको आधारमा काममा लगाउन आग्रह गरेका छन् । विदेशी नागरिक तथा कामदार क्षेत्र भन्दा बाहिरबाट आउँदा अनिवार्य रुपमा होम क्वारेन्टाइन, होटेल क्वारेन्टाइन वा सामुहिक क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।
प्रतिक्रिया