ताजा अपडेट »

देवकोटाको अध्यक्षतामा सितोरियो कराँते संघको नयाँ समिति गठन

आइतबार, १८ साउन २०७७

बुटवल । सितोरियो कराँते संघ, रुपन्देहीको बुटवलमा आयोजित दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सितेरियो खेलाडी तथा प्रशिक्षक कृष्ण देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट गठिन समितिको उपाध्यक्षमा सन्तोष सिंह र बासु बस्याल, सचिबमा मिनराज गिरी, स–सचिबमा भुपेन्द्र सिंह थापा र कोषाध्यक्षमा प्रेमबहादुर राना तथा सदस्यहरुमा जिबन थापा, बिजय सापकोटा, अर्जुन श्रेष्ठ, राम बृक्ष ठाकुर, मनोज थापा, मन्जिल सुबेदी, बुध्दिमान थारु, शिब नारायण चौधरी, रश्मि पाण्डे र उर्मिला केवट रहेका छन् ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाको तथा नेपाल सितेरियो संंघका केन्द्रिय प्रतिनिधि अमिर राईले संघको अधिवेशनका अवसरमा बोलल्दै खेलकुदको विकासका लागि उनिहरुको संरक्षण र शारिरीक विकासमा जोड दिनु पर्ने बताए । उनीहरुले कोरोना संक्रमणका कारण खेल गतिविधिमा पारेको प्रभाव र आएको सुस्ततालाई तोडेर प्रतियोगिताहरु आयोजना गर्ने बातावरण बनाउन सबै लाग्न आग्रह गरे ।

अधिवेशन संंघका अध्यक्ष उमेश थापाको अध्यक्षता, सचिव संंतोष सिंहको सञ्चालनमा भएको थियो । संघका नवनिर्वाचित अध्यक्ष देवकोटा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष एवंं नेकपा जिल्ला कमिटी युवा तथा खेलकुद बिभाग सदस्य हुन ।