चैत ८,
ग्लोबल आवाज
विराटनगर । पाँचौ महिला साफ फुटबल प्रतियोगिता आज सम्पनन हुँदैछ । विराटनगरको सहदि रङ्गशालामा जारी प्रतियोगिताको फाइल खेलमा उपाधिका लागि नेपाल र भारत आज दिउँसो ३ बजे खेल्दैछन् ।
समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । दुुबै देश उपाधिका प्रवल दाबेदार हुन् । फाइनलको पूूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले यस पटक टिम फर्ममा रहेको बताउँदै उपाधि नेपालले जित्ने बताए ।
त्यसैगरी भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोही अनुरुप रणनीति तयार गरेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गरे ।
साफ महिला फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो ।
प्रतिक्रिया