ताजा अपडेट »

सैनामैनामा मेयरकप नकआउट फुटवल प्रतियोगिता

विहीबार, ०७ चैत्र २०७५

चैत ७,
ग्लोबल आवाज
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.७ देउपारमा ‘सैनामैना मेयरकप नकआउट फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूूल नाराका साथ सैनामैना नगरपालिकाको संरक्षकत्व तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको आयोजनामा यहि चैत्र ९ गते देखि सरस्वती माध्यमिक स्कुलको खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


चैत्र २० गतेसम्म चल्ने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले उपाधिसँगै नगद १ लाख ५१ हजार,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले ८१ हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र र सेमिफाइनलमा पराजित हुने दुुई टिमले नगद २०–२० हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुुने खेलाडीले साइकल प्राप्त गर्ने छ भने उत्कृष्ट गोलकर्ता,उत्कृष्ट फरवार्ड,उत्कृष्ट डिफेण्डर , उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिलडर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार ५ सय ५ प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ९ लाख बढी लाग्ने लाग्ने भएको छ । जसमा सैनामैना नगरपालिकाबाट ४ लाख सहयोग गरेको छ भने प्रवेश शुल्क,चन्दादाता र प्रायोजकबाट बााकी रकम जुटाउने आयोजकको योजना रहेको क्लबका सचिब रोमनाथ न्यौपानेले बताए ।


सैनामैना नगरपालिका वडान.७ का वडा अध्यक्ष डिलाराम बेल्बासेले स्थानीय खेलाडीहरुको क्षमता अभिबृद्धि गर्न र वडालाई खेलकुद हबको रुपमा विकास गर्न नगरपालिकाले सहयोग गरेको बताए ।
सैनामैनाको उक्त वडालाई खेलकुदको पकेट क्षेत्रको रुपमा विकास गर्न प्रतियोगता आयोजना गरिएको जनप्रिय स्पोर्टिङ क्लबका अध्यक्ष किशोर रानाले बताए ।