ताजा अपडेट »

उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित भेटिए, सीमावर्ती शहरमा लकडाउन

आइतबार, ११ साउन २०७७

काठमाडौं । उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएका छन् । उत्तर कोरियाको समाचार संस्था केसिएनएका अनुसार दक्षिण कोरियाबाट भागेर आएका व्यक्तिमा संक्रमण देखिएको हो ।

ती व्यक्ति तीन वर्षअघि भागेर दक्षिण कोरिया पुगेका थिए । गत महिना मात्र सीमावर्ती काइसोङ गाउँमा फर्किएपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको केसिएनएले जनाएको छ । संक्रमित भेटिएसँगै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँगको सीमावर्ती शहरमा आपत्काल तथा लकडाउन लागू गरेका छन् ।

शनिबार बसेको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चतम तहको आपतकालीन अवस्था लागु गर्न आदेश दिएको जनाइएको छ । यस्तै संक्रमण देखिएका व्यक्ति कडा सीमा सुरक्षाबिच कसरी स्वदेश प्रवेश गर्न सफल भए भन्नेबारे छानबिन गर्न किमले आदेश पनि दिएका छन् ।