ताजा अपडेट »

साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

बुधबार, ०६ चैत्र २०७५

चैत ६,

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ । आज बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गरी भारत फाइनलमा प्रवेश गरेको छ । नेपाल यसअघि श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल मा प्रवेश गरेको थियो ।

साफ महिला फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो । सहिद रंगशाला विराटनगरमा जारी प्रतियोगिताको अन्तिम खेल शुक्रबार हुनेछ।