ताजा अपडेट »

फ्रेन्च कपको उपाधि पीएसजीलाई

शनिबार, १० साउन २०७७

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको खेलमा इटियेनमाथि १-० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको १४ औं मिनेटमा गोल गर्दै उपाधि जिताए ।

खेलको ३१ औँ मिनेटमा लोईन पेरिन रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । पेरिनले केलियन एम्बाप्पेमाथि खराब ट्याकल गरेका थिए । एम्बाप्पेको पहिलो चोट भएकै ठाउँमा चोट लागेको छ । अब उनले च्याम्पियन्स लिगमा अर्को महिना क्वार्टरफाईनलको खेलमा एटलान्टासंग खेल्ने अनिश्चित भएको छ । पीएसजीले गत सिजन पेनाल्टी सुटआउटमा फ्रेन्च कपको उपाधि उचालेको थियो ।