अर्घाखाँची । कोरोनाको त्रास र बन्दाबन्दीको समयमा पनि अर्घाखाँचीको मालारानी गाउँपालिका बाँगीमा जन्मिएका नव गायक तथा कुशल सर्जक अभिनव चौहानको मौलिक तीज गीत आमाले किन्दिएको पछयौरी बजारमा ल्याएका छन् ।
सो गीतमा गायिका निरु आचार्य र चौहानको आफ्नै आवाजमा रहेको छ । गीतमा चौहानकै शब्द र कृष्ण लामिछानेको संगित रहेको छ । सुमन सागर जङ्ग केसीको निर्देशनमा तयार भएको सो गीतको भिडियोलाई गोकुल अधिकारीले छायांकन गरेका थिए । पछिल्लो समयमा परम्परागत मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटिने सो गीतमा सलिना नेपाली, अभिनव चौहान, प्रिजम खनाल, तेजेन्द्र समशेर पाण्डेको अभिनय रहेको छ ।
मंगलम रेकर्डिङ स्टुडियोबाट सार्वजनिक भएको गीतलाइ सम्झना लामिछाने मगरको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया