काठमाडौँ । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) ‘फुटबलर अफ द ईयर २०२०’ अवार्ड जितेका छन् ।
एसोसिएसनले शुक्रबार मिडफिल्डर हेन्डरसनलाई ‘प्लेयर अफ दि इयर’ घोषित गरेको हो । उनको नेतृत्वमा लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको थियो । उक्त अवार्ड पाउने उनी लिभरपुलका १२औं खेलाडी समेत बनेका छन् । दुई वर्षअघि लिभरपुलका इजिप्शियन स्ट्राईकर मोहमद सलाहले उक्त अवार्ड पाएका थिए ।
हेन्डरसनले वर्षका उत्कृष्ट खेलाडी सूचीको शीर्ष पाँचमा परेका लिभरपुलका भर्जिल भान डायक, साडियो माने, म्यानचेस्टर सिटीका केभिन डे ब्रुन र म्यानचेस्टर युनाइटे डका मार्कस रसफोर्डलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
प्रतिक्रिया