ताजा अपडेट »

फागुपूर्णिमाको अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

बुधबार, ०६ चैत्र २०७५

‘सामाजिक सम्बन्धलाई बलियो बनाउन सांस्कृतिक पर्व महत्वपूर्ण ’

चैत ६,
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताएका छन् ।

उनले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गरेको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन् ।


नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व/फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताएका छन्।