ताजा अपडेट »

मौद्रिक नीति २०७७/७८ को समीक्षा

विहीबार, ०८ साउन २०७७


मौद्रिक नीतिको प्रयोग विश्व अर्थतन्त्रमा सातौं शताब्दीमा चिनिया अर्थशास्त्री Jiaozi ले कागजी मुद्राको प्रयोगका बारेमा व्याख्या गर्नको लागी प्रतिपादन गरेको पाईन्छ भने आधुनिक रुपमा यसको प्रयोग अमेरिकी केन्द्रिय बैकंले सन् १९१३ मा गरेको थियो । विश्व अर्थतन्त्रमा मौद्रिक नीतिको प्रयोगको सुरुवाती समयको बारेमा एकमत नभएता पनि सन् १८७० को दशकले यसको आवश्यकता महशुस गरेको बारेमा साझा धारणा व्यक्त भएको पाईन्छ ।

कुनै निश्चित आर्थिक उद्देश्य प्राप्ति गर्नका लागी मुद्राको आपूर्ती नियन्त्रण गर्न केन्द्रिय बैकंले अपनाउने नीतिलाई मौद्रिक नीति भनिन्छ । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वितिय क्षेत्र सुद्दृढीकरण, भुत्तानी प्रणलीमा सुद्दृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वितिय पहुचँ जस्ता उपाय मार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ती गर्न सघाउ पुर्याउँछ । मुद्रास्फिर्ती नियन्त्रणको साथसाथै मौद्रिक स्थिरता कायम राख्ने उद्देश्यले देशको केन्द्रिय बैकंले मुलुकको अर्थतन्त्रको माग एवंम् आपूर्तीको अवस्था हेरी मुद्रा ब्याजदर र कर्जा सम्बन्धमा अबलम्बन गर्ने नीति हो । यस प्रकार अर्थव्यवस्थामा मूल्य, आम्दानी तथा रोजगारीको स्तरलाई अनुकुल बनाएर आर्थिक तथा व्यवसायिक क्रियाकलापलाई व्यवस्थित रुपमा सञ्चालन गर्न केन्द्रिय बैकंले अपनाउने नीतिलाई मौद्रिक नीति भनिन्छ ।

नेपालमा, नेपाल राष्ट बैकं ऐन २०५८ जारी भएपछि आर्थिक वर्ष २०५९/६० बाट नेपाल राष्ट्र बैकंले प्रत्येक सरकारले बजेट पारित गरे लगतै सो बजेटलाई अनुकुल हुने गरी मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । कुनै पनि देशको मौद्रिक नीतिमा कस्तो उद्देश्य लिने भन्ने सम्बन्धमा त्यस देशको आर्थिक विकासको स्तर र आर्थिक संरचनाले निर्धारण गर्दछ । र्आिर्थक विकासको निश्चित चरणमा पुगिसकेपछि मुलुकमा मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थिरता मात्र हुने गर्दछ । भने त्यसमा पनि धेरै मुलुकहरुले मुद्रास्फिर्र्र्ती नियन्त्रणलाई मात्र लक्ष्यको रुपमा लिएको पाईन्छ । त्यसैले एउटै समयमा विभिन्न देशहरुमा फरक फरक किसिमका मौद्रिक नीतिहरुको प्रयोग छुट्टा छुट्टै उद्देश्यहरु पुरा गर्नका लागी गरिन्छ । एक सफल मौद्रिक नीति हुनका लागि त्यसमा निम्नलिखित उद्देश्यहरु समावेश गरिएको हुनु पर्छ ।

१.विनिदरमा स्थिरता
२. मौद्रिक टतथस्ता
३. मूल्य स्थिरता
४. पूर्ण रोजगारी
५ .आर्थिक विकास

नेपालको पछिल्लो मौद्रिक नीतिले विशेष गरि मुद्रास्फिति नियन्त्रण, विदेशी विनिमय सञ्चित, आर्थिक पुनरुत्थान सहितको वृद्धि एवंम् कोभिड–१९ बाट पिडित बनेको निजि अर्थतन्त्रलाई राहत कार्यक्रम दिने लक्ष्य राखेको पाईन्छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कोभिड–१९ महामारीले विश्वभर मानविय संकटका साथै संकट उत्पन्न गरेको भिन्न परिवेशमा तर्जुमा गरिएको छ । एक शताब्दी पछिको अप्रत्याशित महामारीबाट नेपालको अर्थतन्त्रले नराम्रोसँग धक्का झेलिरहेको समयमा त्यसबाट के कसरी अर्थतन्त्रलाई माथी उकास्न सकिन्छ भन्नेमा केन्द्रित भएको पाईन्छ । सामाजिक न्याय सहितको दीगो तथा उच्च आर्थिक वृद्धि हासिल गर्दै समृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने आधारशिला तयार हुदैँ गरेको अवस्थामा कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको छ ।

जसका कारणले उत्पन्न हुने आर्थिक संकटलाई समाधान गर्न यो नीतिले आवश्यक पहल गर्ने कोसिस गरेको पाईन्छ । आर्थिक सर्वेक्षण २०७६/७७ का अनुसार २०७६ फागुन २९ सम्ममा देशमा वाणिज्य बैंक २७, विकास बैंक २३, वित्तिय कम्पनि २२, लघुवित्तिय संस्था ८९ पूर्वाधार विकास बंैक १ गरि कुल १६२ बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । जसको आर्थिक कारोवारलाई निर्देशित, नियन्त्रण, व्पवस्थापन गर्नको लागि मौद्रिक नीति सार्वजनिक गरिएको हो । देशको पछिल्लो आर्थिक अवस्थामा भरपुर मात्रा सकारात्मक परिवर्तन ल्याउने सोचका साथ यस नीतिले कर्जा प्रवाहको दर पनि बढाएको छ । जसले प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रको चक्रिय आर्थिक समस्याहरु जस्तै गरिबी , बेरोजगारी आय असमानतालाई कम गर्दै लैजाने छ । मौद्रिक नीति २०७७/७८ का विशेषताहरुलाई निम्नअनुसार उल्लेख गरिन्छ:

१. कोभिड १९ बाट संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नीति स्वास्थ्य संस्थाको सेवा विस्तार वा स्तरोन्नतीको लागी प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरिएको छ ।

२. वाणिज्य बैकंले कायम गर्नुपर्ने बैधानिक तरता अनुपात १० प्रतिशत , विकास बैकंले ८ प्रतिशत, र वित कम्पनीले ७ प्रतिशत राख्नुु पर्ने व्यवस्थालाई निरन्तरता दिईएको ।

३. कोभिड १९ कारणले गर्दा बैकं तथा वितिय संस्थाको कर्जा प्रभावलाई कृषि क्षेत्रमा प्राथमिकताका साथ गर्नु पर्ने बाध्यकारी व्यवस्था गरी आर्थिक वर्ष २०७६/७७ को १० प्रतिशतको सिमालाई १५ प्रतिशत मा पुर्याइएको छ । जुन वि.सं. २०८० सम्म वाणिज्य बैकंहरुको हकमा लागु हुनेछ ।

४. कोभिड १९ का कारणले विश्वमा सम्मानित र आत्मनिर्भर पेसा भनेको कृषि मात्रै देखिएको कुरालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको व्यवसथापनको कुरा यस नीतिमा समावेस गरिएको छ ।

५. सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित वर्गमा कर्जा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैकंले कम्तीमा ५०० वा न्युनतम प्रतिशाखा १० र राष्टिय स्तरका विकास बैकंले कम्तीमा ३०० वा न्युनतम प्रतिशाखा ५ जना मध्ये जुन बढि हुन्छ सोहि संख्यामा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ ।

६. कोभिड १९ बाट प्रभावित उद्योग व्यवसाय सञ्चालन गर्न व्यवसायीले गत चैतमा कायम सिमामा थप २० प्रतिशत सम्म कर्जा लिन पाउने भएका छन् । यस अघि यस्तो सिमा १० प्रतिशत थियो जुन गत चैतमा कायम रहेको चालु पुँजी कर्जाको सिमा हो ।

७. कोभिड १९ का कारणले सिर्जना भएको असहज परिस्थितीका कारणले आर्थिक वर्ष २०७६/७७ मा कर्जा, ब्याजदर तथा कर तिर्न नसक्ने अवस्थामा पुगेको निजी क्षेत्रलाई तीन भागमा विभाजन गरी क्रमशः ६ महिना, ९ महिना तथा एक वर्षको थप समयाबधी थपिएको छ ।

८. कोभिड १९ का कारणले सिथिल बनेको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागी पुजीँको अभाव वा तरलताको कमी हुन नदिनका लागी बैकं तथा वितिय संस्थाले कुल निक्षेप संकलनको ८५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

९. विशेष गरी कोभिड १९ का कारणले पिडित बनेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागी नेपाल सरकारले बजेट मार्फत ल्याएको ५० अर्ब रुपैयाँको राहत प्याकेज वितरणका लागी पनि स्पष्ट व्यवस्थापन गरेको छ ।

१०. मौद्रिक नीतिले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, बजारीकरण तथा वितिय पहुँच आभिवृद्दिका लागी कृषि विकास बैकंलाई पकेट बैकंका रुपमा अगाडि बढाउने कार्यदिशा राखेको पाईन्छ ।

मौद्रिक नीति र निजी क्षेत्र
वर्तमान मौद्रिक नीति बाट ज्यादै अपेक्षा गरेको क्षेत्र भनेको नीजी क्षेत्रले हो । जसको यथेष्ट सम्बोधन गर्न मौद्रिक नीति सफल रहेको छ । जसमा देशमा आर्थिक वर्ष २०७७ को फागुन मसान्त सम्ममा २१ खर्ब भन्दा बढि रकम लगानी भई रहेको अवस्थामा नेपाली लगानीकर्ताहरुले अबका दिनहरु के कसरी सञ्चालन गर्ने भन्ने अन्यौलमा रहेको समयमा नेपाल राष्ट बैकंले प्रस्तुत गरेको नीतिले समेट्ने प्रयास गरेको छ । कोभिड–१९ का कारणले नेपाली अर्थतन्त्रमा पर्यटन, होटल व्यवसायीहरुले आफ्नो लगनाी स्थानान्तरण गर्न पनि नसक्ने र आम्दानी पनि नहुने कारणले पिडामा रहेको अवस्थामा बैकं ब्याजदर ,कर तथा कर्जा भुत्तानी गर्न नसक्ने अवस्थालाई यस नीतिले सम्बोधन गरेकोले यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।

कोभिड–१९ का कारणले प्रभावित भएको नीजि अर्थतन्त्रलाई उकास्नका लागी सरकारले स्थापना गरेको ५० अर्बको राहत प्रदान गर्ने कुराको पनि मोडल पनि प्रदान गरेको छ । यस मौद्रिक नीति भन्दा अगाडि आएको संघिय तथा प्रादेशिक बजेटले नीजि क्षेत्रको प्रभावलाई नजर अन्दाज गरेको थियो तर यसले प्राप्त मात्रामा सम्बोधन गरेकाले नेपाली नीजि क्षेत्रमा यो नीतिले आसाको सञ्चार गरेको छ । वर्तमान समयमा देशमा सबै भन्दा बढि नीजि शिक्षक शिक्षिका आर्थिक संकटमा परेको भएता पनि नेपालको आर्थिक नीति, वितिय नीति तथा मौद्रिक नीतिले नीजि क्षेत्रमा कार्यरत करिब ३० लाख जनशक्तिका बारेमा राहतका कार्यक्रम ल्याउन बाट चुकेको पाईन्छ । कुल जनसंख्याको करिब १० प्रतिशत जनसंख्यालाई वेवास्ता गरेर निमार्ण गरिइएको मौद्रिक नीतिलाई ती श्रमजीविले तिरस्कार गर्नु समय सान्र्दभिक रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागी निर्माण गरिएको मौद्रिक नीति कार्यान्वयनका लागी देखिएका कठिनाईहरु निम्नलिखित रहेको पाइन्छ :

१. बजारमा तरलता प्रवाह अत्यधिक हुने जसका कारणले मुद्रास्फिती बढ्नुको साथै ब्याजदरमा छिटो छिटो परिवर्तन देखा पर्ने ।

२. मुद्राको मुल्यमा भारी मात्रामा कमी आउने जसले गर्दा मुद्रा व्यत्तिहरु सँगै होल्ड रहेर बस्न सक्ने

३. राहत सहुलियत वितरणको स्पष्ट कार्ययोजना तथा मापदण्डको अभाव रहेकाले पार्दशिता र जवाफदेहीताको कमि रहने सम्भावना रहेको छ ।

४. वाणिज्य बैकं तथा विकास बैकंले आफ्नो निक्षेप संकलनलाई कृषि उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह नगर्ने जोखिम रहेको छ ।

५. बजेट र मौद्रिक नीतिका कार्य दिशाका बारेमा विरोधाभास कुरा रहेकाले रोजगारी सिर्जनाका विषयमा कठिनाई रहेको पाईन्छ ।

६. कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या साक्षर रहेको र साथै ६१ प्रतिशत जनताको मात्रै बैकिंक खाता रहेको र ७० प्रतिशत जनसंख्या ईन्टरनेटको पहुँचमा रहेको अवस्थामा डिजिटल बैकंको अवधारणालाई व्यवहारिक बनाउन बठिनाई रहेको छ ।अन्त्यमा आर्थिक वर्ष २०७७÷७८ का लागी निमार्ण गरिएको मौद्रिक नीति पछिल्लो समयका हरेक समस्यालाई नजिक बाटै सम्बोधन गर्ने तवरले निमार्ण भएकाले यसको सफल कार्यान्वयनका लागी कामना गरौं । कोभिड–१९ को जोखिम कायम रहेकाले घर भित्र वा बाहिरका सबै गतिबिधिमा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउदै आफ्ना गतिबिधि सञ्चालन गरौं । धन्यवाद ।