ताजा अपडेट »

अमेरिकाको राष्ट्रपति कार्यालयमा कार्यरत २ जनालाई कोरोना संक्रमण

विहीबार, ०८ साउन २०७७

काठमाडौं । अमेरिकामा राष्ट्रपति कार्यालयभित्रको एक खाजा घरमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई बुधबार कोरोना संक्रमणको पुष्टि भएको हो । खाजा घरमा कार्यरत कर्मचारीमाथि कोरोना पुष्टि भएसँगै तत्कालका लागि उक्त खाजा घर बन्द गरिएको समाचारमा जनाइएको छ ।

यसअघि गत मार्चमा राष्ट्रपति कार्यालयमा कार्यरत एक कर्मचारीमाथि कोरोना भएको थियो । लामो समयपछि अमेरिकाको राष्ट्रपति कार्यालयमा कोरोना संक्रमण देखिएसँगै उच्च सर्तकता अपनाइएको छ । विश्वमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहँदा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । विश्वभर कोरोना भाइरसबाट करिब एक करोड ५४ लाख मानिस संक्रमित भएका छन् । जसमा करिब ९३ लाख ५० हजार बिरामी निको भएर घर फर्किएका छन् भने ६ लाख ३० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा बुधबार एकै दिन ७१ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । यस्तै, देशभर अहिलेसम्म ४१ लाखभन्दा बढी सर्वसाधरण कोरोनाबाट संक्रमित भएको समाचारमा जनाइएको छ । एजेन्सीको सहयोगमा