ताजा अपडेट »

दैनिक २ लाख बढी कोरोना संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

बुधबार, ०७ साउन २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ५० लाख ५१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख १९ हजार ४ सय १० जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ९१ लाख १० हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१११९
ब्राजिल -१३४६
रसिया -१५३
बेलायत -११०
इटली- १५
पेरु -१९५
स्पेन -२
भारत -६७१
इरान -२२९
चिली -४४
पाकिस्तान -४०
साउदी अरेबिया -३४
मेक्सिको -३०१
क्यानडा -४
कतार- १
टर्की -१८
बंगलादेश -४१
जर्मनी -७
फ्रान्स -१३
बेलारुस -४
बेल्जियम -५
कुबेत -४
युक्रेन -२०
दक्षिण अफ्रिका -१९५
कोलम्बिया -२३७
इक्वेडर -४८
स्विडेन -१०
फिलिपिन्स -२
ओमान -११
युएई -१
इजिप्ट -४७
इन्डोनेसिया -८१
इराक -८१
पोल्याण्ड -९
पानामा -३२
अर्जेन्टिना -११७
डेमोसियन रिपब्लिक -६
इजरायल -१०
पोर्चुगल -६
रोमानिया -३६
नाइजेरिया -४
बहराइन -१
अफगानिस्तान -१
अर्मेनिया -१२
होन्डुरस -३५
बोलिभिया -६७
अल्जेरिया -१३
माल्दोभ -१२
उव्जेकिस्तान -४
मोरक्को -५
क्यामरुन -९
आइभरी कोस्ट -१
चेक्भिया -१
केन्या -१२
सर्बिया -९
अजरबैजान -१३
किर्गिस्तान -४२
जापान -३
ग्वाटेमाला -२९
स्विजरल्याण्ड -१
भेनेजुयला -४
सेनेगल -४
बोस्निया -९
डिआरसी -२
फ्रेन्च गुयना -१
गुनिया -१
प्यालेस्टाइन -१
बुल्गेरिया -५
कोस्टा रिका-२
अस्ट्रेलिया -३
इथियोपिया -१०
एल साल्भाडोर -८
मडागास्कर -२
हाइटी -५
क्रोएसिया -१
अल्वानिया -४
पाराग्वे -२
निकारगुवा -९
ग्रिस -२
मलावी-२
माली -१
स्लोभेनिया -१
लिब्या -२
हङकङ- २
इस्वात्तिनी -१
यमन -९
नामिबिया -३
अंगोला -१
सिरिया -२
(एजेन्सीहरुको सहयोगमा)