ताजा अपडेट »

हर्षोल्लासपूर्वक पहाडी जिल्लामा फागु पर्व मनाइँदै

बुधबार, ०६ चैत्र २०७५

चैत ६,
बुटवल । फाल्गुण शुक्ल पूर्णिमाका दिन आज मुलुकका पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागु पर्व मनाइँदैछ  । तराई क्षेत्रमा भने भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ ।


होली मनाउन विभिन्न समूह बनाएर खेल्ने प्रचलन अचेल निकै बढ्दो छ । प्रशासनले शान्ति, सद्भाव र रङको पर्व फागु(होली) मर्यादित र सभ्य ढङ्गले मनाउन आग्रह गरेको छ । 


होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढेको छ ।


छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो । यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ ।