ताजा अपडेट »

हाइलाइफका उत्पादन बजारमा

मंगलबार, ०५ चैत्र २०७५


चैत ५,
ग्लोबल आवाज
बुटवल । ‘स्वस्थ जीवनशैली’ भन्ने नारासहित हाइलाइफ ब्राण्डका विभिन्न किसिमका खाद्य उत्पादनहरु नेपाली बजारमा सार्वजनिक भएका छन् । सार्वजनिक ब्राण्डमा कर्न फ्लेक्स, सोयाविन मस्यौरा, मल्टिग्रेन मस्यौरा, कुरुम–कुरुम चिउरा, सुपरफाइन चिउरा, पुलाउ चिउरा, ओट्स, ओट्स फलोर लगाएतका खाद्य बस्तुहरु बजारमा ल्याएको छ ।

सत्यसाई ग्रुप अन्तर्गतका उधोग प्रतिष्ठानहरु राइजिङ सन एग्रो इण्डष्ट्रिज प्रा. लि.,नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रा. लि, हाइलाइफ फुड्स प्रा. लि. र सत्यसाई एक्जिम प्रालिको सहकार्यमा उक्त उत्पादनहरु सार्वजनिक भएका हुन् ।

नेपालका सबै वर्गका उपभोक्तालाई लक्षित गरी गुणस्तरीय खाद्य बस्तु प्रदान गर्ने उद्देश्यले यी उत्पादनहरु उपभोक्ता माझ ल्याएको उद्योगका निर्देशक पंकज ज्ञवालीले बताए । उत्पादित वस्तुहरु अन्तराष्ट्रिय गुणस्तरका हुनुका साथै आकर्षक प्याकिङमा उपलब्ध गराइएको उद्योगले जनाएको छ ।

रुपन्देहीमा अवस्थित यस उद्योगद्वारा तयार गरिएका खाद्य वस्तुहरु नेपालीहरुको अधिक संख्या रहेका देशहरुमा समेत निर्यात गर्ने उद्योगले बताएको छ । हाइलाइफ ब्राण्डका सम्पूर्ण उत्पादनहरु शतप्रतिशत महिला जनशक्तिद्वारा आधुनिक ढङ्गबाट प्याकिङ्ग हुने गर्दछ ।

उद्योगले श्रीलंकाबाट ओट्स आयात गर्दछ भने भारतको हरिद्वार स्थित पतञ्जलि फुडपार्कबाट मुस्ली आयात गरी नेपालमा तयार गरिने उद्योगका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले बताए । करिब ५० करोडको लागतमा स्थापित कम्पनीमा प्रतक्ष्य/अप्रतक्ष्य रुपमा करिब ५ सय जना कार्यरत रहेका छन् ।