ताजा अपडेट »

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

आइतबार, ०४ साउन २०७७

काठमाडौं । म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनलको खेलमा आर्सनलले सिटीलाई २–० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए ।

घरेलु मैदानमा १९ औं मिनेटमा अबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । निकोलास पेपेको क्रस पासमा उनले गोल गरेका हुन् । यस्तै, अबुमियाङले ७१ औं मिनेटमा दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे । खेलमा धेरै समय बल आफ्नो नियन्त्रणमा राखेपनि सिटीले गोल गर्न सकेन । आर्सनलले अब अगष्ट १ मा चेल्सी र म्यान्चेष्टर युनाईटेडबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।