ताजा अपडेट »

जन्मदिनसँगै समिक्षाले ल्याईन तीज गीत 'खै खै नानीको नाच बरीलै'

शनिबार, ०३ साउन २०७७

अर्घाखाँची । हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर, नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन सुरु गरेका छन् भने केही तीज गीतहरु बजारमा आईसकेका छन् । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् ।

यसै क्रममा पछिल्लो समयमा लाखौ श्रोताको मन जित्दै चर्चामा रहेकी गायिका समिक्षा अधिकारीले आफ्नो जन्म दिन संगसंगै नया मौलिक तीज गीत 'खै खै नानीको नाच बरीलै' बजारमा लिएर आएकी छिन् । चर्चित गायक महेन्द्र भण्डारी र समिक्षा अधिकारीको आफनै आवाजमा रहेको तीज गीतलाइ उनै सर्जक तथा गायक महेन्द्र भण्डारीले शब्द लय तथा एरेन्ज गरेका छन् । सोही गीतमा पछिल्लो समयका चर्चित मोडेलहरु लोमश शर्मा स्मृति तिमिल्सिना(गुरुआमा)अर्जुन कुवर (पित्री बूढो)म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन सुरेश श्रेष्ठको छायांकन रहेको गीतलाइ प्रकाश धमलाले सम्पादक गरेका छन् । शिवदर्शन फिल्मसबाट सार्वजनिक भएको गितलाई शिवदर्शन फिल्मस नामक अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।