ताजा अपडेट »

सीके राउतको पार्टीको नाम फेरियो

सोमबार, ०४ चैत्र २०७५


‘जनमत पार्टी’ ,चुनाव चिन्ह ‘अष्टदल ’

चैत ४,

काठमाण्डौं। सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’ पार्टीको नाम फेरिएको छ । सिरहामा सोमबार सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् । पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछन् । यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।

यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने पनि बैठकले निर्णय गरेको छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने भएको छ ।दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो बैठक हो ।