ताजा अपडेट »

कविता : आँखाले भन्यो !

मंगलबार, ३० असार २०७७

आँशु छल्क्यो आँखामा,
सोधे खुशीको हो कि ?
हो दुःखको,
आँखाले भन्यो हेर्ने नजर हो ।

किताब मैले पढेको,
र अरुले पढेको,
सब एउटै हो,
आँखाले भन्यो बुझाई फरक हो ।

अन्धकार र उज्यालो,
सोधे आँखालाई,
देखाउने तिमी हौं,
आँखाले भन्यो रोज्ने तिमी हौं ।

आकाशका तारा ,
ग्रह सब देख्छु,
देखाउने तिमी हौं,
आँखाले भन्यो खोज्ने तिमी हौं ।

आँखा जो छैन ,
तर, संसार देख्छन,
दुई आँखा हुनुको फरक के हो ?
आँखाले भन्यो नजर मनको हो ।

अन्त्यमा आँखालाई,
आँखा मिलाउँदै सोधे ,
जीवन के हो रु
आँखाले भन्यो भ्रम बाहेक अरु जीवन हो ।