ताजा अपडेट »

राउण्ड टेवलद्वारा रक्तदान, ६७ पाउण्ड संकलन

सोमबार, ०४ चैत्र २०७५

चैत ४,
ग्लोबल आवाज
भैरहवा । लुम्बिनी राउण्ड टेवल –१६ र सिद्धार्थनगर राउण्ड टेवल–६ को संयुक्त आयोजनामा अन्तराष्ट्रिय राउण्ड टेवल दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित संस्थाहरुले १५ मार्चमा विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउने गरेको सिद्धार्थनगर राउण्ड टेवल–६ का अध्यक्ष रौनक अग्रवालले बताए ।

सोही क्रममा रुपन्देहीको पड्सरी स्थित लुम्बिनी पोलिमर्सको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको र सो कार्यक्रममा ६७ जनाले रक्तदान गरेको लुम्बिनी राउण्ड टेवल –१६ का अध्यक्ष रोहित अग्रवालले बताए । कार्यक्रममा क्लबका सदस्य,स्थानीर विभिन्न् उद्योगका कर्मचारीहरुले रक्तदान गरेको अर्घखाँची सिमेण्ट प्रालिका बजार प्रमुख निलकण्ठ खनालले बताए ।