ताजा अपडेट »

गजल

सोमबार, ०४ चैत्र २०७५

-कमल सरोवर

वर्षौ सम्म परदेशी छोरो मकानमा हुदैन ।
यसकारण आमाको मन ठेगानमा हुदैन ।।

हिजो न्याय माग्थ्यो, आज देश खोज्दै छ
यी मान्छेहरुको हर्कत पनि ध्यानमा हुदैन ।।

फकिर भन्छ यो पान हो लिनुस खानुस
भैया सुर्तिमा जस्तो मिठास पानमा हुदैन ।।

यतीसम्म मजबुत भैदिन्छ आत्मियता पनि
दोस्तिको भेटघाट जस्तो चिनजानमा हुदैन ।।

खरानी भएर सकिन्छ मान्छेको जिन्दगी
सम्झना सम्म पनि बाकी चिहानमा हुदैन ।।