चैत ०४,
मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।
पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।
संयुक्त अरब इमिरेट्स यूएई को आबुधाबीबाट काठमाण्डुतर्फ आइरहेको इतिहाद एयरबस ३२० इवाई २९० विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ एएफ २५३ ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
‘ती दुई विमान ५।५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ ।
यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सी
प्रतिक्रिया