काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । उनले ट्वीटरमा एक ट्वीट गर्दै आफूलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावाती अस्पताल भर्ना भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।
अमिताभले आफ्नो पोस्टमा लेखेका छन्, ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् ।
प्रतिक्रिया