अर्घाखाँची । हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर, नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन सुरु गरेका छन् भने केही तीज गीतहरु बजारमा आईसकेका छन् । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् ।
यसैक्रममा लाखौं श्रोताको मन जित्दै चर्चामा रहेका लोकगायक तथा सर्जक नरेश खातिको तीजका गीत 'ए आम्मै मयाकै पिरले' सार्वजनिक भएको छ । चर्चित गायिका समीक्षा अधिकारी र नरेश खातिको आफ्नै आवाजमा रहेको गितलाइ नरेश खातिले नै लय तथा शब्द गरेका छन् । सो गीतमा एल्बममा पछिल्लो समयका निकै चर्चित मोडेलहरु धुर्ब हिमाली र उषा उप्रेतीकोले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
मौसम हिमालिको निर्देशन करन चैसिरको छायांकन रहेको गितलाइ मनोज कार्किले सम्पादक गरेका छन् हिम सम्झौता डिजिटलबाट सार्वजनिक भएको गितलाइ हिमसम्झौताको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया