चैत ४,
ग्लोबल आवाज
बुटवल । पश्चिमाञ्च टैंकर व्यवसायी संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन ।संघले विगत एकसाता देखि समाजिक कार्यक्रम संचालन गदै आएकोमा आईतवार संघको कार्यालय परिसरमा रक्तदान गरेको हो । संघले गत बुधवारदेखि संचालन गरेको दूर्घटना नियन्त्रण र पेट्रोलियम पदार्थको जोखिम कम गर्न ट्राफिक सचेतना, सवारी दूर्घटना तथा पेट्रालियम पदार्थवाट हुने जोखिम न्यूनिकरणका लागि चालक र सह चालकलाई प्रदान गरेको तालिम पनि आईतवार नै समापन गरिएको छ ।
तिन दिन सम्म संचालन गरिएको तालिममा४सय जना लाभान्वित भएको कार्यक्रम संयोजक प्रेम घर्तिमगरले बताउनु भयो । चालक र सह चालकलाई प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवल र नेपाल आयलको प्रादेशीक कार्यालय भलवाडीका प्रशिक्षकहरुले तालिम प्रदान गर्नु भएको महा सचिव भुपराज अर्यालले बताउनु भयो ।
संघका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको समापन समारोहमा नेपाल आयल निगमको प्रादेशीक कार्यालय भलवाडीका प्रमुख सुरज शाह , पाँच नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक गंगा सारु ,संघका टिकाराम न्यौपान लगाएतले संघले सामाजिक उत्तरदायीत्वका कामको शुरु गरेकोले यस्ता कामलाई निरन्त्रता प्रदान गर्न आग्रह गर्नु भएको थियो।
प्रतिक्रिया