ताजा अपडेट »

भिरबाट लडेर एक जनाको मृत्यु

आइतबार, ०३ चैत्र २०७५

फागुन ३,
गलोबल आवाज
गुल्मी । गुल्मीमा भिरबाट लडेर बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।


घर्ति आइतवार दिउँसो सोहि स्थानकै स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर्तीको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइदै रहेको प्रहरीले जनाएको छ ।