ताजा अपडेट »

घोराहीमा पहिलोपटक पाठेघरको क्यान्सर पत्ता लगाउने मेसिन

विहीबार, २५ असार २०७७

दाङ । दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलले पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने कल्पोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ । पश्चिम नेपालमै पहिलोपटक क्यान्सर पत्ता लगाउने सेवा सुचारु गर्दै अस्पतालले महिलाहरुलाई क्यान्सरको शंका लागेमा जिल्ला बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ ।

पाठेघरको मुखमा दुरवीन विधिवाट जाँच गर्ने विधिलाई कल्पोस्कोपी सेवा भनिन्छ । कल्पोस्कोपी सेवाका बारेमा जानकारी दिदै महिला तथा प्रसुती रोग विशेषज्ञ डा. विमला तिवारीले महिलाको पाठेघरको अवस्था, क्यान्सरको संकालागेमा मासुको टुक्रा निकालेर परिक्षण समेत गर्न सकिने बताए । “अहिले सम्म हामीले जिल्लामा हुने परिक्षणमा क्यान्सरको शंका मात्रै गर्न सक्थ्यौ भने यो प्रविधिले भए नभएको प्रमाणीत समेत गर्दछ” डा.तिवारीले भने । कल्पोस्कोपीवाट परिक्षण गर्दा विरामीले समेत आफ्नो अवस्था स्क्रीनमा देख्नसक्ने भएकोले विरामी पनि ढुक्क हुनसक्ने छन् । विरामी महिलाको जाँचगरेपछि क्यान्सर भएको प्रमाणीत भएमा मात्रै रीफर गर्न सकिने उनले बताए । “यो प्रविधिवाट जाँच गर्दा पाठेघरको अवस्था र क्यान्सर हुनुभन्दा अगाडीको अवस्थाको समेत जानकारी हुने डा. तिवारीको भनाई छ ।

अस्पतालले साउनको १ गतेदेखी कल्पोस्कोपी सेवा सुरुगर्ने तयारी गरेको अस्पतालका सिईओ बलाराम शर्माले जानकारी दिए । यो सेवा सुरुभएपछि पाठेघरका विरामीहरुलाई क्यान्सरको परिक्षणकालागी जिल्ला बाहिर जानुपर्ने बाध्यता टरेको अस्पतालले जनाएको छ । यस प्रकारको सेवा पश्चिम नेपालमा नै पहिलो रहेको उनको दावि छ । “कल्पोस्कोपी सेवा पश्चिम नेपालमा नै छैन, विरामीलाई सहजता होस् भन्ने उद्देश्यले हामीले यो सेवा सुरु गरेका हौ” सिईओ शर्माले भने । अस्पतालमा विभिन्न प्रकारका अप्रेसनहरु हुदै आएको छ । अस्पातलले २४ घण्टा प्रसुती सेवा, मेडिकल आइसियु सेवा तथा क्लनस्कपी सेवा, एनआइसीयु सेवा समेत दिईरहेको छ । जिल्लावासिहरुलाई स्वास्थ्य सेवा दिन विभिन्न सेवा थप गरिदै जाने अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतालले इन्डोसकोपी, क्लोनोसकोपी लगाएतका सेवा दिदै छ ।

अस्पतालमा दैनिक ३ देखि ५ वटा सम्म अप्रेसन हुदै आएको अस्पातलले जनाएको छ । अस्पातलमा ६ जना विशेषज्ञ र १ जना मेडिकल अफिसरले सेवा दिदै गदै आएका छन् । २०७४ साल पुष महिनावाट घोराहीमा सञ्चालीत अस्पतालले नयाँ नयाँ प्रविधि सहितको सेवा दिदै आईरहेको छ । अस्पतालले सामाजीक उत्तरदायीत्व अन्तरगत सेवा पनि दिदै आईरहेको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा निशुल्क शिविर तथा अस्पतालमै दिईने सेवामा निशुल्क गरेर सामाजीक उत्तरदायीत्व बहन गर्दै आईरहेको अस्पतालका सिईओ शर्माले बताए ।