चैत ०३,
करिब एक महिनासम्म निरन्तर वियरिस भएर पूँजी बजार परिसुचक नेप्से ११०० अंकसम्म तल ओर्ले पछि, यस साता कारोबारको अधिकांश दिन बुलिश भएर ११५५.५ अंकमा बन्द भएको छ । यर्थाथमा कुनै करण बिना नै यसरी अचनाक बुलिश हुनुमा ट्रेडरहरुले आपूर्ति कम गर्दै देखाउटी माग सिर्जना गरेर, साना र नयाँ लगानीकर्ताहरुलाई बजार प्रति आकर्षित गरी बजारलाई उचालेको देखिन्छ ।जुन कुरा मरुभूमिमा पानीको अवश्यकता बुझ्नेलाई मात्र थाहा हुन्छ । किन कि बजारमा यदि बैंकहरु बिच ब्याजदर घटाउने सहमति, सरकारको पूँजीगत खर्चमा बृद्धि, बिभिन्न कम्पनीहरुले एकै पटक राम्रो बोनस एवम् लाभाशको घोषण गर्नु , मौसम परिवर्तनसँगै उत्पादनमा बृद्धि हुुनु, जस्ता तत्वहरुले प्रभाव परेको भए, कुल कारोबार भोलुम दैनिक एक अर्ब भन्दा बढिको हुन्थ्यो । यसका साथै इन्भेष्टरहरु पनि लगानी गर्थे । तर इन्भेष्टरहरु र टे«डरहरु पुनः बिक्रि गर्ने प्रेसर बढाएको देखिन्छ ।ट्रेडरहरु तलको लाईन चार्ट अनुसार खरिद बिक्री धेरै भोलुममा गर्दछन् । भने साना र नयाँ लगानी कर्ताहरु थोरै सख्यामा सेयर खरिद गर्ने हुदाँ लामो बुलिश नहुँदासम्म राम्रो प्रतिफल नआउने भएकोले उनीहरुको स्पाट नाफा÷नोक्सान दुईटैको टुङ्गो हुदैन् । त्यसैले घाटा लागे पनि आफ्नो इमारजेन्सीको अधारमा बिक्रि गर्दछन् ।
पूँजी बजारमा माथि लाईन चार्ट अनुसार दैनिक, साप्ताहिक, र महिनाभरिमा यस्तो चित्र देख्न सकिन्छ । यसैलाई मात्र ध्यान दिएर कारोबार गर्ने हो, भने पनि अधिकांश नाफा हुन्छ , भने कहिले कही घाटा हुँदा पनि कम घाटामा उम्किन सकिन्छ । गत साताको कुनै एउटा कम्पनीलाई हेर्दा बुटवल हाईड्रो पावर कम्पनीको बजार मूल्य रु. ३४५ बाट बढेर रु. ३७५ सम्म पुगेको थियो । तर साताको अन्तिम दुई दिन वियरिस हुँदा घटेर रु. ३५५ मा आएको थियो । यस्ता उदाहरण धेरै कम्पनीको हेर्न सकिन्छ । तर यस्तो बेला हामीले रु. ३४५ मा खरिद गर्न नसके पनि रु. ३५० मा खरिद गरी रु. ३७५ बाट घट्न शुरु गरे पछि रु. ३७० मा बेच्न सक्नुपर्छ ।
अघिल्लो साताको अन्तिम् दुई दिनबाट बुलिश हुन शुरु भएको नेप्से करिब एक साता बुलिश भई ११६५ अंकको उच्चतम् बिन्दु बनाउदै वियरिसको बाटो तय गरेको छ । यस साता नेप्से ११२७.२९ अंकमा खुलि २८.२१ अंकले बृद्धि भएर ११५५.५ मा बन्द भएको छ । बिषेश गरेर यस्तो अवस्थामा सेन्सेटिभ कम्पनीहरुको बजार मूल्यमा धेरै उतार चढाब हुने गर्दछ । ईन्सुरेन्स कम्पनीहरु, लघुबित्ता कम्पनीहरु र केही बाणिज्य बैंकहरुको खरिद बिक्रीमा उच्च चाप रहेको थियो । यो बुलिश ट्रेन्ड दिर्घकालिन नहुने संकेत स्वयम् बजारको अन्तिम् दुई दिनकोपरिसुचकले दिएको छ । भने साता भरि औषत करिब ३३ करोडको कारोबारबाट पनि बुझ्न सकिन्छ ।
यसै साता स्पार्श लघुबित्त र माउन्टेन हाईड्रो पावर कम्पनीको आइपिओ खुलेकोमा स्पर्श लघुबित्तमा करिब ९ गुण बढि रकमको आबेदन परेको छ , भने माउन्टेन कम्पनीको आबेदन गरे बराबर नै सबैले सेयर पाउने सम्भावना छ । यसका साथै माउन्टेन हाईड्रो पावरको आईतबार बाँडफाँड हुँनेछ । -बुद्घभूमि
प्रतिक्रिया