ताजा अपडेट »

रोटरी रोट्रयाक्ट भलिबल :उपाधि सैनामैना र तिनाउलाई

आइतबार, ०३ चैत्र २०७५

चैत ०३,

ग्लोवल आवाज
सैनामैना । छैठौ रोटरी रोट्रयाक्ट रनिङ् शिल्ड भलिबल टुर्नामेन्ट २०७५ को उपाधि रोटरी क्लव अफ सैनामैना र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले जितेका छन् । उपाधि सँगै रोटरी क्लव अफ सैनामैना र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । रोटरी क्लव अफ बुटवल डाउन टाउन र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदहले भने उपविजेतामै चित्त बुझाए । उनीहरुले शिल्ड,मेडल र प्रमाण प्राप्त गरे ।

शनिबार बुटवल मण्डपमा रोटरी क्लव अफ बुटवल डाउनटाउन र रोटरी क्लव अफ सैनामैना बिच भएको फाईनल प्रतिस्पर्धामा २५–१६ र २५–१३ को सोझो सेटमा सैनामैनाले डाउनटाउनलाई पराजित गरेको हो । यसैगरी रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदह र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी बिच भएको रोमाञ्चक खेलमा तिनाउ सिटीले देबदहलाई २६–२४ र २५ – १६ कोे सोझो सेटमै पराजित गरेको हो । खेलमा सैनामैनाका गोबिन्द खत्री म्यान अफ द सिरिज हुन सफल भए भने बुटवल डाउटानका जिवन अधिकारी बेस्ट प्लेयर बन्दै शिल्ड प्राप्त गरे । यसैगरी तिनाउ सिटीका आनन्द थापा बेस्ट प्लेयर र म्यान अफ द सिरज देबदहका आकाश क्षेत्री बन्न सफल भए । उनीहरुले शिल्ड प्राप्त गरे ।

आर.आई डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत स्व.रोटरीयन कमलराज पाठक (पिएचफ) को स्मृतिमा संचालन गरिएको २ दिने छैठौँ रोटरी रोट्रयाक्ट रनिङ् शिल्ड भलिबल टुर्नामेन्टको विजयी टिमहरुलाई क्लवका अध्यक्ष प्रकाश खरेल, कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र प्रतिष्ठानका संरक्षक लक्ष्मी पाठकले संयुक्त रुपमा पुरस्कृत गर्नुभयो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले मैत्रिपुर्ण भलिबल प्रतियोगिताले संस्थागत र व्यक्तिगत सम्बन्ध कायम गर्न टेवा पुगेको बताउनुभयो । साथै प्रतिभाबान खेलाडी जन्माउन मद्धत गर्ने बताउँदै खेल क्षेत्रको विकाशका लासि सबैको सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।

क्लवका अध्यक्ष प्रकाश खरेलले प्रतियोतिामा सहभागि हुने सम्पुर्ण टिम सँगै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सम्पुर्ण प्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्ष अझ प्रभावकारी ढंगले खेल खेलाईने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवल साउथका ईलेक्ट प्रेसिडेन्ट देबीदत्त ज्ञवाली,क्लवका पुर्व अध्यक्षहरु, प्रतिष्ठानका संरक्षक लक्ष्मी पाठक,रोट्रयाक्टका एसिसटेन्ट डिष्ट्रिक टे्रजरर उमानाथ अधिकारी उमेश, कम्युनिटी सर्भिस डाईरेक्टर बिक्रम क्षेत्री,जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ रमेश नेपाल, रोटरीयन जोनहरु जोन १८,१९,२० र २१ का पदाधिकारीहरु तथा रोट्रयाक्ट जोन ११ र १२ का क्लवका पदाधिकारीहरु,संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष प्रकाश खरेलको अध्यक्षता तथा पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष बिष्णु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन क्लवका सचिव कृष्ण भुसालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने संघ संस्थालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । -विष्णु खत्री