ताजा अपडेट »

प्रभावकारी बन्दै प्रदेश ५ ट्राफिक प्रहरीको १०३

आइतबार, ०३ चैत्र २०७५


सेवाको उच्चतम प्रयोग गर्न आग्रह

चैत ३,
बुटवल । ट्राफिक सूूचना आदान–प्रदान , घटना घटेको समयमा छिटो उद्धार गर्नको साथै अन्य कुनै आपराधिक घटनाको सूूचना सहज रुपमा प्रहरीले प्राप्त गर्न प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सुरु गरेको निःशुल्क नम्बर १०३ प्रभावकारी बनेको छ । दुई महिना पहिलादेखि सुरु भएको यो सेवाले प्रदेशवासीहरुलाई निकै फाइदा भएको ट्राफिक प्रहरीले जनाएको छ । यो सेवाको प्रयोग ट्राफिक प्रहरी तथा सर्वसाधारण जनाताहरु सवैले सहज रुपमा गर्न सक्छन् । घर छेउ कँहीकतै कुनै किसिमको दुर्घटना , विपद् लगाएतका कुनै पनि घटना भएमा प्रदेश ५मा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिन्छ । यो सेवा प्रयोग गर्न उजुरीकर्ता प्रदेश ५ भित्र रहनु पर्दछ ।

उजुरीकर्ताको फोन प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलमा रहेका डिउटी अधिकृतले उठाउँछन् । घटनाको आधारमा सम्बन्धित क्षेत्रका प्रहरीलाई जानकारी गराएर छिटो भन्दा छिटो उद्धार गर्न मद्दत मिल्ने बताइएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले यो सेवाले ट्राफिक प्रहरीको साथै जनाताहरुलाई सहयोग पुगेको बताए । उनले भने,‘हामिले यो सेवा दुई महिना अघि सुरु गरेका हौँ , सायद प्रचार प्रसारको अभावले वा पब्लिकलाई थाहा नभएर हो , यो सेवाको प्रयोग अलि कम नै छ । तर, ट्राफिक प्रहरीहरुले यो सेवाको उच्चतम फाइदा लिइरहेका छन् । अब सवै जनताहरुलाई सचेत बनाए यसको प्रयोग बढ्नेमा हामी विश्वस्त छौ । यस सेवाको प्रयोगले दुर्घटना पश्चात् छिटो उद्धार गर्न , दुर्घटना न्यूनिकरण गर्न र अन्य अपराधलाई पनि नियमन गर्न सजिलो हुन्छ । त्यसैले सबैमा यो सेवा प्रयोग गर्न अनुरोध गर्दछु ।’

यो आर्थिक वर्षको फागुनसम्म प्रदेश ५ भरी ६ सय ९७ दुर्घटना भएका छन् । जसमा ३ सय ८४ जनाको मृत्यु भएको छ । त्यस्तै, ६ सय ४२ जना गम्भिर घाइते छन् भने ४८३ जना मानिस सामान्य घाइते भएका छन्। ्नेपालमै यस्ता सवारी दुर्घटनाहरु न्यूनिकरणको साटो दिन प्रति दिन बढ्दै गएका छन् । नेपालको सडकको अवस्था,पुराना सवारी साधन,ओभरलोड, यात्रुहरु ,ट्राफिक साइनहरुको प्रयोग नहुनु ,ट्राफिक प्रहरीको फितलो निगरानी ,छाडा चौपाया र चालकहरुको लापरवाही दुर्घटना हुनका कारणहरु रहेका छन् । तर,प्रदेश पाँचको राजधानी बुटवलमा गरिएको एक अनुगमनमा अधिकांश चालकहरुले ट्राफिक नियमको पालना नगरेको पाइएको छ । जसले अधिकांश दुर्घटना हुनमा चालकहरुनै दोषी रहेको देखिन्छ ।


शुक्रवार सडक सुरक्षासँगै ट्राफिक नियमको पालनाको अनुगमन गर्न पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द सहितको ट्राफिकहरुको टोली ,बुटवल–भैरहवा ६ लेन सडकमा पुगेका थिए । बुटवल र भैरहवाको बीचमा पर्ने तिलोत्तमा नगरपालिकाका नयाँमिल र मंगलापुुर क्षेत्र गरी दुई स्थानमा लगभग दुई घण्टा अनुगमन भयो । अनुगमनमा सवारी चलकहरुले सामान्य रुपमा जान्नै पर्ने सडक लेनको प्रयोग , ट्राफिक साईनहरुको सहि प्रयोग साथै सवारी साधनमा राखिने नम्बर पिलेट , व्यक लाईटहरु सहि ठाँउमा नभएपछि चालकहरुलाई ट्राफिक प्रहरीले सम्झाउनुु परेको थियो । प्रहरीले भने ‘लेनको पालना गर्नुहोस् ।’


सडक दुर्घटनाको कारक तत्वको रुपमा तीब्र गति सवारी चलाउनु पनी रहेको छ । अनुगमनमा ट्राफिक प्रहरी ‘राडर गन’ (सवारी साधनको गति मापन)को प्रयोग गरेको थियो । अधिकांश सवारी साधनहरु उच्च गतिमा हुुइँकिने गरेको पाइयो । ट्राफिक प्रहरीले चिट , फाइन काट्नुको साटो सम्झाई बुझाई गर्दा स्थानीय दङ्ग थिए । ट्राफिक प्रहरीले गरेको अनुगमन सकारात्मक रहेको उनीहरुको प्रतिक्रिया थियो । अनुगमनको समयावधि भर ट्राफिक प्रहरीले ६ वटा बस , ६ ट्रक, ३ टिप्पर , १ ट्याङ्कर ,५ मोटरसाइकल ,१ स्कूटर , २ पिकप गर २४ वटा सवारी कारवाहीमा परेका थिए भने झण्डै ३ सय सवारीलाई सम्झाई–बुझाई गरेका थिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार अनुगमन अवधीमा ९९ प्रतिशत सावरी चालकहरुले लापरवाही गर्ने गरेको देखिएको छ । यसरी के देखिन्छ भने नेपालमा सवारी चलाउने चालकहरु सजक छैनन् । साथै अधिकांश चालकहरुलाई ट्राफिक नियम सम्बन्धी ज्ञानको अभाव छ । र, जाने बुझेकाहरुले पनि लापरवाही गरिरहेका छन् । जसले गर्दा विभिन्न दुर्घटना न्यूनिकरणका कार्याक्रमहरु सञ्चालन गरेपनि नियन्त्रणमा भने आउन सकेको छैन ।- विमल पुरी/बुद्धभूमि