ताजा अपडेट »

कविता : के आश गरुँ ?

आइतबार, २१ असार २०७७

राज्य चलाउने राजनेता ,
आफ्नो घर चलाउन व्यस्त भएपछि ,
जनताको आँशु रगत पसिना ,
पिउन मस्त भएपछि ,
के आश गरुँ उज्यालोको ?
सूर्य अस्त भएपछि ।

देशको अर्थतन्त्र धान्ने ,
बिदेशमा अलपत्र छन् ,
देश चलाउने राजनेता ,
कुर्सीको खेलमा मस्त छन्,

के आश गरुँ सहाराको,
देश चलाउने मौका प्रष्ट भएपछि ।

कार्य र कर्ता मिलेर कार्यकर्ता बन्ने हो ,
सहि कर्ता बनेर कार्य सम्पन्न गर्ने हो,
सहिलाई सहि ,
गलतलाई गलत पनि भन्ने हो,
के आश गरुँ डिग्रिको ?
सम्पन्नको अगाडि मात्र कागज भए पछि ।

बाकसमा आउने रहर ,
कसलाई हुँदो हो ,
के थाहा सवारी भै बक्सनेलाई,
कति मन जननीको रुँदो हो,
के आश गरुँ ममताको ?
छोरा लास बनी आउँदा आफु जिउँदो भएपछि ।