बुटवल । असार १८ गते राती दाङ्गको तुल्सीपुर उपहानगरपालिका वडा नम्वर– ५ स्थित माइतीजनको घरमा आफूूले चाहेको गीत बजाउँदै र फेसबुुकमा हात्महत्या गरेको लाइभ भिडियो खिच्दै ज्यान हालेकी २६ वर्षीया एलिसा गौतम (केसी ) को शव शनिबार ३ दिनपछि परिवारजनले उठाएका छन् । एलिसाका दाजु तुलबहादुर केसीले रोल्पाबाट आई बहिनीको शव बुझेको बताए ।
दर्दनाक त्यो दृश्यले कसको मन नछोला र ?
यतिबेला सामाजिक सञ्जालमा एउटी युवतीले अन्तिम पटक यो दुनियाँमा मुहार देखाउँदै , माया प्रेमको स्वार्थी संसारसँग अन्तिम आँशुले बिलौना पोख्दै थिइन् । दुुई हातले यो दुनियासँग कान समात्दै र दुई हात जोडेरै सदाका लागि बिदा माग्दै गरेको भिडियोले साराले आँशु थाम्न सकिरहेका छैनन् । त्यो दर्दनाक दृश्यका पछाडिको उनको पृष्ठभूमि सहित उनको जीवनको नालीबेली खोज पस्कीदै छौं।
को हुन एलिसा ?
रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्वर–६ अर्चलेडाँडाका पिता बिरे खत्री र माता ट्युमली खत्रीको कोखबाट २०५१ सालमा एलिसा केसीको जन्म भएको थियो । उनले खत्री भएपनि माइतीको थर गोत्र गौतम भएका कारण नामका पछाडि गौतम जोडेर नागरिकता निकालेकी थिइन् । जन्मेको महिना र मिति उनका दाजु तुलबहादुर केसीले समेत ख्याल गर्न नसकेको बताउँछन् । उनको नागरिकतामा भने २०५२ साल रहेको छ । उनी त्यस घरकी जेठी छोरी थिइन् । उनी सहित २ दिदी–बहिनी र ३ दाजु–भाई रहेका छन् ।
१६/१७ वर्षको उमेरदेखि प्रेम सम्बन्ध
उनका बाबु–आमा दाजु–भाई दिदी–बहिनी सबै जना भारतमा बस्दछन् । यता घरमा जेठा दाजु तुलबहादुर केसी मात्र बस्छन् । कक्षा ६/७ मा पढ्दाखेरी नै उनको घरबाट करिव ५ मिनेट दूूरीमा रहेका अमृतबहादुर ओलीसँग उनको गहिरो प्रेम सम्बन्ध रहन पुग्छ । उनैप्रति समर्पित भएकी उनले १६÷१७ वर्षे जिज्ञासुु उमेरदेखि नयाँ संसारमा उनी रमाउन पुग्छिन् ।
नवदाम्पत्य जीवनको सुरुवात
अन्ततःउनीहरु बीच २०७० सालमा भागी बिवाह हुन्छ । जतिबेला उनी १९ वर्षकी थिइन् । उनीहरुले एउटी छोरीलाई जन्म दिन्छन् । बिवाहको ४ वर्ष पछि २०७४ सालको असार महिनामा श्रीमान–श्रीमती बीच खट्पट चल्छ र सम्बन्ध बिच्छेद हुन्छ । त्यसपछि उनले त्यसको दोश्रो साउन महिनामा हालको वडा नम्वर–७ का देवे ओली भन्ने ब्यक्तिसँग पनि प्रेम बिवाह भएको दाजु केसी बताउँछन । संयोग उनी पहिलो श्रीमानसँग जुन असार महिनामा सम्बन्ध विच्छेद गरेकी थिइन् सोही महिना मै यो संसारबाट आफैंले पनि सधैका लागि स्वस्फुर्त रुपमा सम्बन्ध विच्छेद गरेकी छन् ।
दोस्रो श्रीमानले पनि धोका दिन्छन् । उनले भारतमा दोस्रो बिवाह गरेर उतै बस्छन् । उनी दोस्रो पटक पनि गाउँ मै अलपत्र र बेसाहारा भएर बस्छिन्,भौतारिन्छिन् । उनको काखको एक मात्र साहारा,पहिलो श्रीमानतर्फकी छोरी थिइन् । तर,उनलाई पनि बाबुले खोसेर लैजान्छन् ।
वितृष्णाको यात्रा सुरु
दुबैजना पुरुषहरुले धोका दिए पछि उनी माया प्रेम भन्ने चिजसँग वितृष्ण र विक्षिप्त हुन्छिन् । जे–जे थिए मनका इच्छा आकंक्षा र मृग तृष्णहरु उनका लागि तिता र नमिठा बन्न पुग्छन् । तै पनि बाँँच्नु त छ ! उनले जिजिभिषा खोज्छिन् । शाहस बटुृल्छिन् ।
विक्षिप्त र बेसाहारा बनेपछि बैदेशिक रोजगार
गाउँमा ऋण काढेर २०७४ सालमा बैदेशिक रोजगारीेका लागि मलेशिया उड्छिन । त्यहाँ उनी जुन सपना साँचेर पुगेकी थिइन् बाँच्नका लागि अन्तिम आधार बनेको त्यहाँको बैदेशिक रोजगारले पनि तीनै पुरुषहरुले झै उनलाई लात्तीले हान्छ ।
उनी आठ नौ महिना पछि २०७५ सालमा स्वदेश फर्केर काठमाण्डौंमा बस्ने गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव सिंहले जानकारी दिए । उनका अनुसार त्यसपछि उनी काठमाण्डौंमा बसेर काम गर्न थाल्छिन । लकडाउनको एक महिना पछि दाङ्ग आउँछिन र माइतीको घरमा बस्न थाल्छिन् । लकडाउन भरि काठमाण्डौमा टिक्न उनलाई मुस्कील पर्यो । लकडाउनको एक महिना पछि उनी दाङ्ग आइपुग्छिन् र क्वारेन्टाइनमा बस्छिन् । माइतको घरमा आउँछिन र रोल्पा स्थित जेठो दाजु तुलबहादुर केसीलाई फोन गरेर सुनाउँछिन । दाजुले त्यही घरको एउटा फलाटमा बस् भन्छन् ।
एक घण्टा अघि मात्र अन्तिम सम्झना
त्यहाँ बसुन्जेल उनी बिहान उठेर घुम्न जाने र साँझ घरमा आउने गर्छिन् । रातभरी विरहका गीत बजाउँदै सुन्छिन् । घरमा डेरा गरेर बस्नेहरुले पनि सधैजसो अबेरसम्म कोठामा गीत बजाएर सुन्दै बसेकोले त्यस्तो कल्पना नै गर्न नसकिएको बताएको दाजु केसीको भनाई छ । उनले आत्महत्या गर्नको एक घण्टा अघि मात्र भारतमा रहेका कान्छा दाजुलाई फोन गरेर बाबु आमा र बहिनी दाजुहरुलाई अन्तिम सम्झना ब्यक्त गरेर फोन काटेकी थिइन् ।
सपना बोकेर हिडिन् शव बनेर फर्किइन्
भाईले भन्दै थियो एक घण्टा अघि मात्र फोन गरेर सबैलाई सम्झीएकी थिइन् । ‘एक घण्टा पछि त लाइभ भिडियोबाट आत्महत्या गरेको देखियो ।’ केसीले भने । उनी ३ वर्ष अघि बिदेश गई पैसा कमाउने सपना बोकरे रोल्पाबाट हिडेकी थिइन् । तीन वष सम्म घर नफर्केकी उनी शनिबार शव बनेर रोल्पा फर्किइन् । न कुनै पुरुषले साथ दियो न बैदेशिक रोजगारले । दुबै श्रीमान छोरीसँगको वियोग र तनावले उनले यो दुनियाँलाई नै देखाएर आत्महत्या गरेको प्रहरी र परिवारजनको प्रारम्भिक अनुमान छ । आत्महत्याको कारण अझै खुली नसकेको डिएसपी सिंहले बताए । उनले आत्मा हत्या गर्नु अघि आफूू बसेको कोठा पनि चारैतिर नियाल्दै हेरेकी छन् ।
अन्तिम साससम्म पनि रहरको कपडा मै
त्यसपछि फर्केर आँशु झार्दै नजिकबाट मुहार देखाएर फर्केपछि चुङ्गिको पासो लगाउँदै पंखाको सिलिङ्गमा झुण्डिन थाल्छिन् । उनले अन्तिम पटक रातो र निकै राम्रा कपडाहरु लगाएकी छन् । बाचुञ्जेलको जीवनमा जस्तै जिवनको अन्मित साससम्म पनि उनी फेशेनेवल भएरै देहत्याग गरेको देख्न सकिन्छ । पछिल्ला श्रीमान ओलीसँग वैधानिक रुपमा सम्बन्ध विच्छेद नभएकोले आउनुहोस् दाहसंस्कारका लागि भनेर बोलाएँ । तर, उनले ‘त्योसँग कुनै सम्बन्ध छैन म आउँदिन ।’ भनेर भनेको दाजु केसीले बताए ।
दोस्रो श्रीमती बिहे गरेपनि अन्तिम दाहसंस्कार दिन समेत दोस्रो श्रीमानले नमान्नु उनको दिवगंत आत्माले पनि पतिका रुपमा पुरुष उनका लागि अभिषाप बनेका छन् । जो–जो पुरुष उनको जीवनमा आए । ती सबैले उनको जवानीसँगै उनका सपनाहरु पनि चिथोर्दै छाडेर गए । उनले आत्माहत्या गरेको जानकारी बिदेशमा रहेका एक पुरुषले दिएको बताइन्छ । उनीसँग एलिसाको के सम्बन्ध थियो भन्ने बारे आफूहरु अनविज्ञ रहेको दाजु केसी बताउँछन ।
प्रतिक्रिया