ताजा अपडेट »

साफ महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

शनिबार, ०२ चैत्र २०७५


चैत २,

ग्लोबल आवाज
साफ महिला च्याम्पियनिसिप फुटबलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालमामा जारी पाँचौ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।


आज शनिबार समपन्न खेलमा जितसँगै ६ अंक जोडेको नेपाल समूह ए बाट सेमिफाइनलमा स्थान बनाउँदा बंगलादेश ३ अंकसहित उप विजेता बन्दै अन्तिम चारमा पुगेको हो । जितसंगै नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बनेको छ ।


प्रतियोगिताको पहिलो हाफमा नेपालले पाचौं मिनेट,२३ औं र २८ औं मिनेटमा गोल गर्न सफल भएको हो । पहिलो गोल बंगलादेशकी खेलाडीले आत्माघाती गरेकी थिइन् भने दोस्रो र तेस्रो क्रमशःसावित्रा भण्डारी र मञ्जली कुमारी योण्जनले गरेकी हुन् ।