चैत २,
विराटनगरको सहिद रंगशालमामा जारी पाचौ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो खेलमा नेपालले अग्रता लिएको छ । नेपालले बंगलादेश विरुद्धको खेलमा पहिलो हाफमा ३–० ले अग्रता लिएको हो ।
प्रतियोगिताको पहिलो हाफमा नेपालले पाचौं मिनेट,२३ औं र २८ औं मिनेटमा गोल गर्न सफल भएको हो । पहिलो गोल बंगलादेशकी खेलाडीले आत्माघाती गरेकी थिइन् भने दोस्रो र तेस्रो क्रमशःसावित्रा भण्डारी र मञ्जली कुमारी योण्जनले गरेकी हुन् ।
दुबै टिम यसअघि नै सेमीफाइनलमा पुगिसकेका छन । जारी प्रतियोगिताको समुह ए मा नेपालको यो अन्तिम खेल हो । यस अघि नेपालले भुटानलाई तीन शुन्यले पराजित गरेको थियो।नेपालले बंगलादेशसंग अहिलेसम्म पांच पटक खेल्दा चारमा जीत र एकमा बराबरीको नतिजा ल्याएको थियो ।
प्रतिक्रिया