ताजा अपडेट »

साफ च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै

शनिबार, ०२ चैत्र २०७५

चैत २,

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । दुबै टिम यसअघि नै सेमीफाइनलमा पुगिसकेका छन ।

विराटनगरमा जारी प्रतियोगिताको समुह ए मा नेपालको यो अन्तिम खेल हो ।  यस अघि नेपालले भुटानलाई  तीन शुन्यले पराजित गरेको थियो।

नेपालले बंगलादेशसंग अहिलेसम्म पांच पटक खेल्दा चारमा जीत र एकमा बराबरीको नतिजा ल्याएको थियो ।