कुनै एउटा पहाडी जिल्लामा ठूूले साहु थिए रे, त्यो कुनै एउटा जिल्ला जुनसुकै प्रदेशको पनि हुनसक्छ । साहु त्यसै साहु भएका हैनन् । ब्यापार गर्ने कला धेरै थियो रे । उनको पसल बजारमा भएपनि आजभन्दा ४०/५० बर्ष पहिले नै उनी होम डेलिभरी गरिदिन्थे रे । ‘रे’ किन जोडेको छु भने मैले सुनेका कुरा हुन । भदौ महिनातिर दुई चार भरियालाई काँचो कपडा बोकाएर गाउँतिर ब्यापारको लागि हिड्थे रे । गाउँमा आम्दानीका स्रोत अनेकन हुन्छन् । केहि ब्यक्ति गोर्खा पल्टन तिर भर्ती भएका होलान् नत्र धेरै त दिल्ली तिर नै लाहुरे हुन जाने त हुन् ।
गाउँमा जाने अनि ४/५ घरका बीचमा भारी राख्ने । सबैले नगदै किन्न सक्ने अवस्था हुँदैन । ठूूले साहु भन्थे रे ‘ए काले तैले यो दशैंमा कपडा फेर्दैनस ?’ कालेले जवाफ दिन्थ्यो रे ’हजुर पैसा छैन कहाँबाट फेरु ?’ ठूूले साहु भन्छन् ‘तलाइँ डाम्ना म हुँदाहुँदै केको चिन्ता गर्छस् तो, तैले नफेरेपनी तेरा सानवानलाइ त फेर्दे यी बाल्खाहरुको मन कति खुशी हुन्छ ।’ ‘अब हजुरले नै यसो भनेसी त किन नफेर्दाहुम र म र कालिलाई पनि राखिदिनुस । पैसा चाँही जेठो लाहुरबाट आउला र गरम्ला ।’ कालेले भन्थ्यो रे । निम्नकोटिका कपडा उधारोमै बिना वार्गेनिङ्ग बिक्री हुन्थे । हरहिसाब खातामा टिपोट हुन्थ्यो ।
‘अँ… काले भाका चाहिँ श्रीपञ्चमीसम्म हो है ।’ ठूूले साहूूले भने । ‘उति टाढा नपुराम्ला केरे जेठो दशैंमा आउँचु भन्या छ । तिहार अघि नै पुराउन आम्ला मै आफै ।’ कालेले जवाफ दिन्छ । साहुले यस्तै तरिकाले ५/७ गाउका कालेहरुलाई कपडा बिक्री गर्थे । लाहुरको धन पाहुर, छोराहरु त आउँथे तर, बाँकी पैसा तिर्ने हुति सबैको हुँदैनथ्यो । श्रीपञ्चमीको आस-पास ठूूले साहु घोडा चढेर बहिखाता बोकेर गाउँ डुल्थे । तिर्न नसक्नेहरुलाइ तमसुक बनाउँथे । तमसुक बनाएपछि ब्याजको स्याज जोडेर पछि जग्गाको लालपूूर्जा नै आफ्नो गराउँथे रे । सुरुमा उधारो किनेका गरिब दुखी हरु झन् गरिब भएका थिए । ती ठूूले साहु जीवनको उत्तरार्धमा त सबैभन्दा ठूूला समाजसेवी कहलिएका छन् रे ।
यो त भो ठूूले साहुका कुरा, अहिले विश्वलाई हायल-कायल पारेको कोरोना पनि ठूूले साहु नै हो । कोरोना एक ठूलो ब्यापार हो । कोरोना विकसित देशहरुको राजनीति हो । अरुलाई हानेको निशाना आफैतिर फर्किएको हो । गरिब देशलाई झन् गरिब बनाउने मानव सृजित ब्यापार हो । अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व स्वास्थ्य संगठन लगाएतका संस्थामा अहिले रकम प्रशस्त छ । त्यो रकम गरिब देशहरुलाई अनेक स्वार्थ मान्न बाध्य गराएर ऋणको रुपमा दिनु छ । परामर्शदाता लगाएत उच्च-उच्च पदमा आफूूले रोजेका चाहेका ब्यक्तिलाई जागिर दिनु छ । विकसित देशहरु जनताको स्वास्थप्रति बढी संवेदनशिल छन् । ती देशमा औसत आयूू बढी छ ।
उनीहरुले वृद्ध-वृद्धालाई स्याहार-सुसार गर्न ठूलो रकम राज्यकोषबाट खर्च गर्न बाध्य छन् । विकसित देशमा कोरोनाबाट मर्ने बढी उमेरका नै छन् । कतै राज्यकोषलाई भार नपार्नको लागि कोरोना भाइरस बनाइएको त हैन? कोरोनाको नाममा ठूलो ब्यापार छ । सुरुमा मास्क र सेनिटाइजरको व्यापार, पिसिआर र आरडिटी किटको व्यापार, परीक्षण मेसिनको व्यापार । पहिल्यै हाउगुजी बनाइदिएपछि त उपचार गराउनेले पनि जोखिम भत्ता बिना काम गर्दैनन् । कीट, मेसिन किन्दा, पिपिई कपडा, औषधि किन्दा, भत्ताको ब्यवस्थापन गर्दा, आइसोलेशन र क्वारेन्टाइनको ब्यवस्थापन गराउँदा नेपाल जस्ता देश थला परिसके ।
रोकथामका उपाय सामान्य छन् । तर, अत्यन्तै ठूलो हाउगुजी बनाइएको छ । प्रधानमन्त्रीले नै बेसार र तातो पानीले नै ठिक हुन्छ भनेपछि हामी ढुक्क हुनुपर्छ । काल आएपछि मर्ने मरिनै हाल्छन् । मुटुरोगी, किड्नी रोगी, क्यान्सर, दम र कलेजो रोगीलाई जबर्जस्ती किन कोरोनाको टयाग् भिराइन्छ ? मान्छे जति धेरै मर्यो उति धेरै पैसा खर्च गर्न पाइने हो कि ? आजभोलि त मलाई यस्तो लाग्छ, ठूूले साहुले जबर्जस्ती सामान भिराएर जग्गा हडपे झैं केहि देश र संस्थाले कोरोनाको नाममा गरिब देशको स्रोत र साधन हडप्ने योजना बनाएका छन् ।
प्रतिक्रिया