ताजा अपडेट »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षण गर्न मानेन, काठमाण्डौं पठाउने तयारी

विहीबार, १८ असार २०७७

दाङ । आज (बुधबार) तुलसीपुरबाट संकलन गरिएको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि बिहीबार काठमाडौ पठाउन लागेको छ । सरकारले निजी क्लिनिकलाई तोकेको प्रतिव्यक्ति ५ हजार ५ सय शुल्क लिएर मात्रै चेक गर्ने प्रतिष्ठानले अडान लिएपछि स्वाब फिर्ता भएको हो । तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले फिर्ता भएको स्वाब काठमाडौ पठाउन लागिएको जानकारी दिए ।

नगरप्रमुख घनश्याम पाण्डेले संघ र प्रदेशबाट पैसा ल्याएर काम गरिरहेको प्रतिष्ठानले स्थानीय तहसँग संकटको बेलामा पैसा माग्नु गलत भएको बताए । ‘संघ र प्रदेश सरकाले पैसा दिइरहेको छ, अपुग भए त्यहाँ माग्न सकिन्छ यसरी प्रतिव्यक्ति गनेर पैसा मागेपछि हामीले कसरी थेग्न सक्छौ ।’– पाण्डेले भने । उनले प्रतिष्ठानको गैर जिम्मेवारीपनाको सिकार स्थानीय तह भएको पनि बताए । ‘संकटको घडीमा पैसाको कारण देखाएर पन्छिने अमानविय कुरा हो ।’– नगरप्रमुख पाण्डेले भने ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्रतिष्ठानले पैसाको अपुग भएको जानकारी गराएकाले स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय दुवैमा पत्राचार गरिएको पनि बताए । तुलसीपुर लगायत अन्य स्थानीय तहको पनि स्वाब परिक्षण फिर्ता गर्ने प्रक्रियामा रहेको स्थानीय तहहरुले जानकारी दिएका छन् । यसै बीच प्रतिष्ठानमा यस विषयमा कुरा गर्न खोज्दा जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन्