काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ८ लाख १ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख १८ हजार ८ सय ४३ जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार ५९ लाख ३८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -६७६
ब्राजिल -१०५७
रसिया -२१६
बेलायत -१७६
स्पेन -८
इटली -२१
पेरु -१८३
भारत -४३८
फ्रान्स-१८
इरान -१४१
चिली -६५
टर्की -१९
जर्मनी -९
पाकिस्तान -९१
मेक्सिको -६४८
साउदी अरेबिया -४९
बंगलादेश -४१
क्यानडा -२४
स्विडेन -१२
कुबेत- ४
बेलारुस -६
इक्वेडर -४९
बेल्जियम -७
इराक -१०७
दक्षिण अफ्रिका -९२
कोलम्बिया -१३६
कतार -२
यूएई -१
पोर्चुगल -३
ओमान -९
युक्रेन -१४
इजिप्ट -८१
इन्डोनेसिया -५८
पोल्याण्ड -१४
पानामा -१४
फिलिपिन्स -४
अफगानिस्तान -२८
अर्जेन्टिना -४४
डेमोसियन रिपब्लिक -७
रोमानिया -१६
बहराइन -५
नाइजेरिया -१३
आयरल्याण्ड -२
इजरायल -२
होन्डुरस -१२
जापान -२
घाना-५
बोलिभिया -५२
स्विजरल्याण्ड-२
अर्मेनिया -१०
अल्जेरिया -८
नेपाल -१
डेनमार्क -१
सुडान -३०
डिआरसी- ५
माल्दोभ -४
अजरबैजान -७
ग्वाटेमाला -२७
सर्बिया -४
सेनेगल -४
नर्थ मेसोडोनिया- ४
भेनेजुयला -३
किर्गिस्तान -५
केन्या -१
एल साल्भाडोर -८
बुल्गेरिया- २
बोस्निया -२
डिजीबाउटी-१
कोस्टारिका -१
हंगेरी -१
फ्रेन्च गुयना -१
अल्वानिया -३
क्रोएसिया-१
मडागास्कर- २
पाराग्वे -२
जाम्बिया -६
कंगो -४
मालावी -२
यमन -६
रुवान्डा -१
उरुग्वे -१
लिब्या -१
लाईबेरिया -१
अंगोला -२
गुयना -१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया