ताजा अपडेट »

दाङमा सलह भित्रियो किसानको बालिनाली नष्ट हुँदा किसान चिन्तित

बुधबार, १७ असार २०७७

दाङ । जिल्लामा मँगलबारदेखि विभिन्न ठाउँमा सलह किरा देखा परेको छ । केहि समय अघि नेपाल प्रवेश गरेको सलह किरा जिल्लाको तुलसीपुर, घोराही, लमही, बंगलाचुली, शान्तिनगरलगायतका विभिन्न क्षेत्रमा देखा परेको किसानहरुले बताएका छन् । कोरोना महामारीको संकटको समयमा सलह किराले विशेष गरी मकै बालीमा क्षति पु¥याउन थालेपछि किसान थप चिन्तित बनेका छन् । केहि समय अगाडि फौजी किराबाट पिडित किसानहरु यसबाट जोगिन घरेलु औषधि छरेर पनि नभएपछि गाउँपालिकाले नै विषादी उपलब्ध गराएको थियो । अहिले भने सलहबाट बच्न अझै केहि ठोस् योजना आएको छैन ।

यता देउखुरी क्षेत्रमा बालि सखाप पारे पश्चात घोराहि र तुलसिपुर प्रबेश गरेको थियो । दाङको तुलसीपुर १२ कचिलाका खुशीराम चौधरीले मँगलबार बेलुकादेखि उक्त क्षेत्रमा सलह देखिएको बताए । उनले मकैबारी भरी नै सलह भएको र यसले मकैबाली नै नष्ट गर्ने भन्दै चिन्ता ब्यक्त गरे । ‘हिजो बेलुका ठूलो संख्यामा पूर्वबाट पश्चिमतर्फ गएको र फेरी पश्चिमबाट पूर्वतर्फ जादाँ यस ठाउँमा बसेको उनले बताए । उक्त क्षेत्रका करिब ६ सय विगाह जमिनमा रोपिएको मकैमा सलह देखा परेको बताए ।

प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लाबाट नेपाल प्रबेश गरेको सलहको झुण्ड दाङमा प्रवेश गरेको हो । त्यसैगरी सोही ठाउँका लक्ष्मण चौधरीले सलह किराले मकै नष्ट गर्दै जादाँ आफु चिन्तित भएको बताए । उनले पहिलो पटक यो किरा देखेको र यो किराले मकैलाई नष्ट गरिदिए आफुहरुले के खाने भन्दै दुखेसो ब्यक्त गरे । अहिले मकैलाई खाँदैछ, त्यसपछि धान खान्छ होला, उनले चिन्ता ब्यक्त गरे ।

दाङ जिल्लामा मँगलवार दिउँसोदेखि ठूलो संख्यामा सलह किरा प्रवेश गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका १० वटै स्थानीयतहमा यो किरा देखा परेको केन्द्रका कृषी प्रसार अधिकृति भरतमणि पोखरेले बताए । जिल्लाका केही ठाउँमा २५ प्रतिशत मकै बालीमा किराले क्षति पुर्याएको तथा केहीमा आजदेखि क्षति गर्न लागेको समेत उनले बताए । यसबाट बच्न जिल्लास्थित सरोकारवाला निकायले ध्यान दिन जरुरी देखिन्छ ।