ताजा अपडेट »

तीज गीत 'श्रीमान-श्रीमती काण्ड' बजारमा

सोमबार, १५ असार २०७७

बुटवल । हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर, नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन सुरु गरेका छन् भने केही तीज गीतहरु बजारमा आईसकेका छन् । कोरोनाको त्रास र बन्दाबन्दीको अवस्थामा नेपाली कलाकारहरु तीज गीत बजारमा ल्याउन लागिपरेका छन् ।

यसै क्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी 'पुर्खे बा' र नारायण केशीको संयुक्त तिज गित ''श्रीमान-श्रीमती काण्ड'' बजारमा आएको छ । ''पुर्खे बा'' को आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतमा तीजमा बुढीले बुढासँग सुन, रातो सारी लगायतका कुराहरु माग गरेको देख्न सकिन्छ ।

पुरुषोत्तमको शब्द र निर्देशनमा तयार भएको यस गीतमा गीतलाई सुक्देभ अधिकारी, प्रतिमा अर्याल र मिलन भुसालले आवाज दिएका छन्

भिडियो :

https://youtu.be/h0Uvq8QfyOg