चैत ०१,
न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
मस्जिदमा शुक्रबार जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।
न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् । प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।
प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
प्रधानमन्त्री जेसिन्डाले भने आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् । -एजेन्सी
प्रतिक्रिया