ताजा अपडेट »

कोरोना संक्रमितको दर घट्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

सोमबार, १५ असार २०७७

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २ लाख २४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ४ हजार ३ सय ६६ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५५ लाख ५३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने १ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -२८५
ब्राजिल -५५५
रसिया -१०४
बेलायत -३६
स्पेन -२
इटली -२२
पेरु -१८२
भारत -३८४
इरान -१४४
चिली -१६२
टर्की -१५
जर्मनी -३
पाकिस्तान -८३
मेक्सिको -६०२
साउदी अरेबिया- ४०
बंगलादेश -३४
क्यानडा- ६
कुबेत -४
बेलारुस -६
इक्वेडर -५
इराक -९६
दक्षिण अफ्रिका -३४
कोलम्बिया -१६७
यूएई -२
पोर्चुगल -३
ओमान -४
युक्रेन -१९
इजिप्ट -८१
इन्डोनेसिया -३४
पोल्याण्ड -३
पानामा -१२
फिलिपिन्स -८
अफगानिस्तान- १८
अर्जेन्टिना -२५
डेमोसियन रिपब्लिक -८
रोमानिया -२३
आयरल्याण्ड -१
बहराइन -५
नाइजेरिया- ७
कजाकस्तान -१२
अस्ट्रिया -२
बोलिभिया -३६
अर्मेनिया -५
इजरायल -१
अल्जेरिया -३
मोरक्को -१
चेक्भिया -१
डिआरसी -४
उज्वेकिस्तान -२
माल्दोभ -९
अजरबैजान -५
ग्वाटेमाला -३४
होन्डुरस- ८
घाना -९
सर्बिया -३
सेनेगल -३
नर्थ मेसोडोनिया -९
हाइटी -२
इथियोपिया -४
गुनिया -१
भेनेजुयला -२
किर्गिस्तान -१
केन्या -२
एल साल्भाडोर -९
मौरिटानिया- ५
बुल्गेरिया -३
हंगेरी -५
कोस्टारिका -२
अल्वानिया -२
माली -१
मडागास्कर -२
लेबनान -१
स्लोभेनिया -२
सियरा लियोनी- १
जाम्बिया -१
बेनिन -२
यमन -६
उरुग्वे -१
जर्जिया -१
इस्त्वानिया -३
मोन्टेग्रो -२
अंगोला -१
लिब्या -३
(एजेन्सीहरुको सहयोगमा)