ताजा अपडेट »

सोमालियामा अलसबाबका कमाण्डर नेपाली नागरिक मारिए

आइतबार, १४ असार २०७७

काठमाडौं । अफ्रिकी मुलुक सोमालियाका सुरक्षाकर्मीको कारबाहीमा मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डर मारिएका छन् । बिहिबार भएको कारबाहीमा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएका हुन् ।

अफ्रिका न्यूजले स्थानिय रेडियोलाई उदृत गर्दै ती मारिएका हमदान नेपालको रहेको जनाएको छ । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। उनी मध्य जुबा क्षेत्रमा मारिएको बताइएको छ । उनीसँगै कारबाहीका तीन जना मारिएका छन् । सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ।