ताजा अपडेट »

कोरोना संक्रमित करोड पार, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

आइतबार, १४ असार २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या करोड पार गरेको छ।छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ८० हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख १ हजार २ सय ६२ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ५४ लाख ५७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५१२
ब्राजिल -९९४
रसिया -१८८
बेलायत -१००
स्पेन -३
इटली -८
पेरु -१९६
भारत -४१४
इरान -१२५
चिली -२७९
टर्की -१७
पाकिस्तान -७३
मेक्सिको -७१९
साउदी अरेबिया -३७
बंगलादेश -३४
क्यानडा -८
कुबेत -३
कतार -१
बेलारुस -४
बेल्जियम -१
इक्वेडर -१८
इराक -१०१
दक्षिण अफ्रिका -७३
कोलम्बिया -१२८
यूएई- १
पोर्चुगल- ६
ओमान -६
युक्रेन -२४
इजिप्ट -८८
इन्डोनेसिया -३७
नेदरल्याण्ड -२
पोल्याण्ड -६
फिलिपिन्स -१२
अफगानिस्तान -२०
अर्जेन्टिना -२३
डेमोसियन रिपब्लिक -६
रोमानिया -१०
आयरल्याण्ड -४
बहराइन -५
नाइजेरिया -४
कजाकस्तान -१६
जापान -२
अस्ट्रिया -२
बोलिभिया -२१
अर्मेनिया -११
इजरायल -३
अल्जेरिया -७
मोरक्को -२
नेपाल -१
डिआरसी -४
आइभरी कोस्ट -२
माल्दोभ ६-
अजरबैजान -६
ग्वाटेमाला -४९
होन्डुरस -४५
सर्बिया -२
सेनेगल -४
नर्थ मेसोडोनिया -९
हाइटी -२
इथियोपिया -५
गुनिया -१
भेनेजुयला -१
किर्गिस्तान -३
केन्या -४
एल साल्भाडोर -१०
मौरिटानिया -१
फ्रेन्च गुनिया -१
सिएआर -५
कोस्टा रिका -१
अल्वानिया -२
पाराग्वे -२
प्यालेस्टाइन -१
यमन -३
काबो भर्डे -२
सुरिनाम -१
सिरिया -१


(एजेन्सीहरुको सहयोगमा)