ताजा अपडेट »

नियमित रक्तदाता संघ १३ वर्षपछि पुनःसञ्चालन, पहिलो दिनमै १५३ जनाले गरे रक्त दान

शनिबार, १३ असार २०७७

बुटवल । नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन:संचालनमा आएको छ । संघ सञ्चालमा आएपछि शनिवार गरेको पहिलो रक्तदान कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन् ।

संस्था पुनः जिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री कृष्ण पंगेनीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरि कार्य योजना बनाएकोले यस्ता मानविय कार्यलाई अन्य संस्थाहरुले पनि अनुसरण गर्नु पर्ने धारणा राखे । संस्थाका संरक्षक तथा रुपन्देहीका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनले रगतको अभाव हुन नदिने गरि संस्थालाई पुनःजिवन दिएको र अवका दिनमा यसलाई थप प्रभावकारी बनाउन माग गरे ।

संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक तथा कार्यक्रमका संयोजक लेखनाथ भण्डारी, सचिव महेश खनाल, सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द्र शाक्य, राजकुमार श्रेष्ठ, आनन्द कुमार भट्टराइर्, कानुनी सल्लाहकार दामोदर घिमिरे, प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले रगतको अभाव हुन नदिन र कोही कसैलाई रगतको समस्या परेमा ततकाल समाधान गर्न संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारी, राधा ज्ञवाली, वारसि अली, हरि गुरुङ, जनम चौधरीले प्राविधिक सहयोग गरको रक्तदान कार्यक्रममा डल्ले बुटवलले प्रायोजन गरेको थियो । संस्थाले हरेक महिनाको तेस्रो शनिवार रक्तदान गर्ने गरि कार्ययोजना बनाएको छ ।