ताजा अपडेट »

अब्यवस्थित क्वारेन्टाइन र सरकारको लापरवाही

शनिबार, १३ असार २०७७

नेपालबाट रोजगारीको अवसर पाउनको लागि विभिन्न देशहरूमा जाने प्रचलन नै बनि सकेको पाइन्छ । देशमा राम्रो परिपाटी र रोजगारीको व्यवस्था नभएको कारण गर्दा नेपालीहरू प्रदेश जानुपर्ने बाध्यता नै बनेको छ। नेपाल र भारतको खुला सिमाना जोडिएको कारणले गर्दा लगभग (दश लाख) मानिसहरू वैदेशिक रोजगारका लागि भारतमा जाने र भारतीय व्यक्तिहरु नेपालमा आउने गरेको पाइन्छ । नेपाल र भारत बीचमा ‘रोटी बेटीको’ सम्बन्ध रहेको कारण पनि नेपाल भारतबीच सजिलै आवत-जावत गर्न सकिन्छ।

केही महिना अघिबाट चीनबाट भारतमा देखिएको कोरोना भाइरस बिस्तारै नेपालमा पनि देखिँदै आएको पाइन्छ । नेपाल भारत बीच खुला सिमाना भएको कारणले गर्दा नि नेपालमा कोरोना भाइरसको बिरामीको चाप बढेको पाइन्छ नेपालबाट रोजगारीको सिलसिलामा प्रदेश गएका व्यक्तिहरु घर फर्कने चाप बढेसँगै नेपालमा पनि कोरोनाको बिरामीको संख्या पनि बढेको पाइन्छ। भारतबाट नेपाल भित्रिने व्यक्तिहरुलाई असल रुपमा व्यवस्थापन गर्न नसक्दा पनि कोरोनाको बिरामीको संख्या बढ्दै गएको पाइन्छ।

कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै देशका विभिन्न स्थानमा क्वारेन्टाइनको निमार्ण गरिएको पाइन्छ। रोगलाई नियन्त्रणमा लिनको लागि बिभिन्न स्थानमा क्वारेन्टाइनको निर्माण गरिएको पाइन्छ । त्यसमध्ये केहि स्थानका क्वारेन्टाइनमा राम्रो परिपाटी र एक अर्का व्यक्तिलाई सिमित दूूरी कायम गरिकन बसालिएको देखिन्छ भने कतिपय स्थानका क्वारेन्टाइनमा कुनै सुरक्षा व्यवस्था बिना भेडा बाख्रा सरह एउटै कोठामा अनियन्त्रित रूपले राखिएको पाइन्छ । ‘सरकारले राम्रो सुविधा प्रवाह गर्नको भनेर छुट्याइएको १० अर्ब बराबरको बजेट कता गयो र कहाँ लगाईएको छ ?’ भन्ने कुराको कुनै अत्तोपत्तो छैन तर, सरकारले स्थानीय तह तथा प्रशासन कार्यालयलाई जिम्मा दिएको भएतापनि प्रशासन कार्यलयको कुनैपनि भूूमका नरहेको देख्न सकिन्छ।

क्वारेन्टाइनमा बसेका जनतालाई सरकारबाट केहि सहुुलियत दिन भनिएको भएतापनि क्वारेन्टाइन बसेका जनतालाई कतिपय क्वारेन्टाइनमा आधारभुुत कुराहरुको व्यवस्था पनि गरिएको पाइँदैन। सरकार क्वारेटाइनमा बसेको व्यक्तिहरुलाई खाना नास्ताको लागि रकम छुट्टाएको भएतापनि कतिपय स्थानका क्यारेन्टाइनमा कुनैपनि कुराको सुविधा उपलब्ध गराएको पाइँदैन।

जनताको लागि भनेर किनिएको साबुन, मास्क, सेनिटाइजर, ग्लोभ्स जस्ता अति आवश्यक बस्तु समेत बाटैबाट हराएको पाइन्छ। क्वारेनटाइनलाई राम्रो व्यवस्थापन गर्ने भनेर नगरपालिका, गाउँपालिकालाइ जिम्मा दिएको भएतापनि ति प्रशासनिक निकायको पनि खासै सक्रियता र प्रभावकारिता देखिएको छैन। महिला र पुरुष दुवै जनालाई बिना कुनै सुरक्षा व्यवस्था बिना एउटै कोठा वा भवनमा अनियन्त्रित रूपमा रुपमा राखिएको छ । असावधानी र असुरक्षाका कारण भोलिका दिनमा रोगभन्दा ठूूलो बिपद् नआउला भन्न पनि सकिँदैन र कतिपय स्थानमा यस्तो घटना भएको पनि पाइएको छ। क्वारेन्टापनमा बसेका व्यक्तिहरुको समयमै कोरोना परीक्षण गर्न नसक्दा कोरोना संक्रमित व्यक्तिहरुबाट संक्रमित नभएका व्यक्तिहरुमा सर्ने सम्भावना बढी छ । कतिपय स्थानना अव्यवस्थित र असुरक्षित क्वारेनटाइन भएको कारणले क्वारेनटाइनमै प्रेममा परेको र विवाह गरेको जस्ता खबरहरु सुन्नमा आएको पाइन्छ।

नेपालमा अधिकांश क्वारेनटाइनहरु विद्यालय तथा सरकारी भवनहरूमा नै निमार्ण गरिएको छ । लामो समयदेखि भएको लकडाउनले गर्दा कतिपय विद्यालयहरुमा घाँस, उम्रिएको, कारणले सफा, स्वच्छ, वातावरणसम्म नभएको हुँदा रातिमा हिड्डुल गर्दा सर्पको डर,त्रास बोकेर भित्र बाहिर गर्नु पर्ने बाध्यता नै बनेको छ। कतिपय जिल्लाका क्वारेनटाइनमा सुत्ने कोठा र बिस्तारासम्म नभएर मनमा डरको पोका बोकेर खुल्ला चौरमा पाल टाँगेर बस्न र सुत्न बाध्य छन्। बिहान-बेलुकाको खाना सरकारबाट उपलब्ध नगराएपछि भोको पेटलाई पानि भोक मेटाउन नसकेपछि नुन र भूूजा खाएर आफ्नो क्यारेनटाइनको बसाई जनतन बिताएको उनीहरु बताउँछन् ।

क्वारेन्टाइनमा बस्नेहरु एकातिर रोकको डर छ भने एकातिर भने भोकको डरले अर्को तिर दिनरात त्रासमय जिन्दगी बाँचिरहेका छन्। समयमै RDT परीक्षण गरिएपनि PCR परीक्षण भने हुन नसक्दा कतै कोरोना भाइरस पो छ कि भन्ने डर त्रास क्यारेटाइनमा बसेका प्रत्येक व्यक्तिको मनमा उत्पन्न भएको पाइन्छ । धेरै जस्तो कोरोनाका संक्रमितहरु कुनै पनि लक्षण नदेखिएको कारणले गर्दापनि अधिकांश क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई कतै आफूूपनि यस्तो महामारीमा पर्छु कि भन्ने डरले समाजमा मनोरोगको महामारी फैलिएको पाइन्छ । कतिपय क्वारेन्टाइन बनाएको भवनहरूमा सुरक्षित कोठाहरु र बेडहरु नभएको कारणले पनि कोरोनाको महामारी बढ्दो देखिन्छ । यी कमी कमजोरीलाई नसुुधार्ने हो भने क्वारेन्टाइनबाट महामारीले उग्र रुप लिन्छ तसर्थ यसतर्फ सरकार र सरोकारवालाले समयमानै ध्यान दिन आवश्यक छ ।

सरकारले लापरवाही गर्दै गएमा भोलिका दिनमा रोग नियन्त्रण भन्दा बाहिर जान्छ । त्यसैले रोगको लक्षण नदेखिएको भएता कम्तिमा २ मिटरको दूरी कायम गरेर बस्ने वातावरण बनाऊँ, नियमित रूपमा स्वास्थ जाँचलाई अति आवश्यक ठानी स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउँ । रोगले सानो ठूूलो नभन्ने भएकोले कोरोना भाइरसवाट आफूूपनि बचौं र अरुलाई पनि बचाऔं । राम्रो र व्यस्थित क्वारेन्टाइनको व्यवस्था मिलाउ, भोलि रोगले र भोकले कुनै पनि मानिसको ज्यान नजाओस् । -लेखक कानूनका विद्यार्थी हुन