ताजा अपडेट »

स्वाब परीक्षणको दर बढाउन १० वटा परीक्षण केन्द्र थप

शुक्रबार, १२ असार २०७७

बुटवल । सरकारले कोभिड-१९ परीक्षणका लागि १० वटा प्रयोगशाला थप गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकभर सरकारी स्तरबाट २३ वटा परीक्षण केन्द्र सञ्चालन हुँदै आएकोमा १० वटा परीक्षण केन्द्र थप गरिएको जनाएको हो । अब देशभर ३३ वटा परीक्षण केन्द्रमा पिसीआर टेष्ट हुने छ ।

पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल, नेपाली सेना अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, डडेलधुरा अस्पताल तथा मेची अस्पतालमा पिसीआर परीक्षण केन्द्रथप गरिएको हो ।