फागुन ३०,
ग्लोबल आवाज
बुटवल । आज देशैभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
दिवसको यस वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपालमा पनि प्रभात फेरि र विभिन्न र्याली आयोजना गरेर विश्व मृगौला दिवस मनाइँदैछ ।
विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो ।
कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया